शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा पेस गरेको आर्थिक विधेयकमा रहेको आयकर ऐनसम्बन्धी व्यवस्थालाई संशोधन गर्दै सेयर र घरजग्गा कारोबारबाट हुने नाफामा लाग्दै आएको पुँजीगत लाभकर वृद्धि गरेका हुन्।
यस्तै, अब एक वर्ष वा सोभन्दा कम अवधिमै कुनै सेयर बिक्री गरेर नाफा कमाए पुँजीगत लाभकर १० प्रतिशत तिर्नुपर्ने छ। हाल यस किसिमको कारोबारमा साढे ७ प्रतिशत मात्रै पुँजीगत लाभकर तिरे पुग्थ्यो।
त्यसैगरी, सरकारले घरजग्गाको स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी भएको सम्पत्ति बिक्रीबाट नाफा कमाए साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरेको छ। हाल यस्तो घरजग्गा कारोबारमा पाँच प्रतिशत लाभकर तिरे पुग्थ्यो।
यदि पाँच वर्षभन्दा कमको स्वामित्व भएको घरजग्गा कारोबारमा हाल साढे ७ प्रतिशत रहेको लाभकरलाई बढाएर १० प्रतिशत पुर्याइएको छ।

