काठमाडौं । अनलाइन जुवा खेलाउने तीन जना भारतीय नागरिक दरबारमार्गबाट पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले दरबारमार्गस्थित क्यासिनो प्यालेसको अन्डरग्राउन्डबाट विभिन्न देशका मुद्रासहित पक्राउ गरेको हो ।
बिहीबार पक्राउ परेका उनीहरूलाई आज जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीका अनुसार भारतको पन्जाव रन्जित एभिन्यु घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १ बस्ने वर्ष ३२ को रिसव पावा, भारतको सिद्धार्थ पोष्टमौ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १ बस्ने वर्ष ५२ को गुलाव सिंह र भारतको दिल्ली विकासपुरी घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर १ बस्ने वर्ष ३९ को गौरव सिंह पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूको साथबाट १ करोड ८ लाख ९ हजार ४४५ नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासमेत बरामद गरेको छ । उनीहरूको साथबाट तीन थान ल्यापटप, कम्प्युटर सात थानलगायतका सामग्री पनि जफत गरिएको छ ।