काठमाडौं । गातार ढुंगासहितको पहिरो खसेपछि नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–५ तुईन खोलामा आज अपरान्ह ४ बजेदेखि ढुंगासहितको पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए । अहिले पनि ढुंगा खसिरहेकाले ढुंगा हटाउन समस्या भइरहेको उनले बताए । उनका अनुसार एउटा गाडीमा ढुंगा खस्दा सामान्य क्षति समेत भएको छ ।
अहिले यस सडक खण्डमा सयौं सवारी साधनहरु रोकिएका छन् ।