काठमाडौं । काठमाडौंसाँखु क्षेत्रमा प्रहरीले गोली चलाएको छ। डाँका तथा नकजवनीका घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले साँखु क्षेत्रको जगडोलमा गोली चलाएको हो। काठमाडौं उपत्यकामा हुने लुटपाटका घटनामा संलग्नहरुको समूहलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी शोमेन्द्रसिंह राठौरले जानकारी दिए।
एसएसपी राठौरका अनुसार १ जनाको खुट्टामा गोली लागेको छ। अन्य २ जनालाई भने चोटपटक छैन।