काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका–११ चिती तिलाहारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा औपचारिक रूपमा उद्घाटन भएको छ।
राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख पुष्पचन्द्र थापाले चेक हस्तान्तरण गर्दै शाखाको उद्घाटन गरेका हुन्। शाखा पुनःस्थापनाका लागि पहल गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालसहित सम्पूर्ण टिमलाई वडाध्यक्ष शिव जोशीले धन्यवाद व्यक्त गरेका छन्।
शाखा पुनः सञ्चालन भएसँगै बेँसीशहर–११ तथा दोर्दी गाउँपालिकाका वडा नं. ८ र ९ का स्थानीयवासीलाई बैंकिङ सेवा लिन सहज हुने अपेक्षा गरिएको वडा नं. ११ का वडाध्यक्ष जोशीले बताएका छन् ।
जोशीले बैंकलाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्दै स्थानीयस्तरमा यसको सेवा विस्तार गर्न सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्।
बैंकबाट भोलिदेखि नियमित रूपमा सेवा सञ्चालन हुने जनाइएको छ।

