काठमाडौं । सरकारले ३७ जना उपसचिव र ९ जना शाखा अधिकृतको सरुवा गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सोमबार ३७ जना उपसचिव तथा मंगलबार ९ जना शाखा अधिकृतको सरुवा गरिएको हो। मन्त्रालयले सरुवासम्बन्धी विवरण बुधबार सार्वजनिक गरेको छ।
सरुवा हुने उपसचिवमध्ये अधिकांश जिल्ला समन्वय समिति र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका छन्। यस्तै, सरुवा हुने शाखा अधिकृतहरू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका छन्।


