काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका एक प्राविधिक सहायकलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
उद्योग नवीकरणका लागि सेवाग्राहीसँग घुस माग गरी हैरानी दिएको भन्ने सूचनाका आधारमा प्राविधिक सहायक सन्जय चौधरीलाई विभागकै परिसरबाट सोमबार नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
आयोगको टंगालबाट खटिएको टोलीले विशेष सूचना तथा उजुरी निवेदनका आधारमा अनुगमन तथा निरीक्षण शाखामा कार्यरत प्राविधिक सहायक चौधरीलाई रंगेहात पक्राउ गरेको हो।
चौधरीले सेवाग्राहीबाट ३० हजार घुस र रिसवत लिइसकेको अवस्थामा उक्त रकम र मोबाइल थान २ समेत नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

