काठमाडौं । मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन राति ६ घण्टा बन्द हुने भएको छ।
चितवन इच्छाकामना गाउँपालिका ४ घोप्टे भिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न १७ देखि १९ चैतसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द गर्न लागिएको हो।
पटक सवारी आवागमन बन्द गर्दा यात्रामा कठिनाइ भोग्नु परेको भन्दै सडक आयोजनाले अत्यावश्यकबाहेक सबै सवारी साधन रोक्ने निर्णय गरेको हो।

