काठमाडौं । लमजुङ बेसीशहर ११ चिति घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका चितेलीहरुको संस्था चिति सेवा समाजले वनभोज, भित्तेपात्रो विमोचन, सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गर्ने भएको छ ।
समाजका अनुसार “थिति बनी, सबैको भलो” भन्ने मूल नारासहित कार्यक्रम चैत्र २८ गते शनिबार कार्यक्रम आयोजना गर्न लागिको हो ।
कार्यक्रम शनिबार बिहान ७ बजेदेखि सुरु हुनेछ। कार्यक्रम चण्डेश्वरी मन्दिर परिसर, टोखा–२, काठमाडौंमा आयोजना हुनेछ ।
उक्त कार्यक्रममा वनभोजका साथै भित्तेपात्रो (क्यालेन्डर) विमोचन, विविध सांस्कृतिक प्रस्तुति तथा खेलकुद गतिविधिहरू समावेश गरिनेछन्। आयोजकले सम्पूर्ण सदस्य, शुभेच्छुक तथा समुदायका व्यक्तिहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन अनुरोध गरेको छ।
सम्पर्क नं. 9851156702, 9851075302 9851082939, 9851136929 9841617183, 9851169287

