मध्यपूर्व । इरानले होर्मुज स्ट्रेटमा अमेरिकी नौसेनाका जहाजमाथि क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। इरानी समाचार एजेन्सी फार्स का अनुसार, इरानले अमेरिकी जहाजलाई लक्षित गर्दै दुईवटा क्षेप्यास्त्र प्रहार गरेको हो। आक्रमणपछि क्षति पुगेको जहाज पछि हट्न बाध्य भएको दाबी गरिएको छ।
रिपोर्टअनुसार, अमेरिकी जहाजले इरानी नौसेनाको चेतावनी बेवास्ता गर्दै होर्मुज स्ट्रेटबाट अगाडि बढ्न खोजेपछि आक्रमण गरिएको जनाइएको छ।
तर अमेरिकी केन्द्रीय कमान्ड ले भने यस्तो कुनै आक्रमण नभएको स्पष्ट पारेको छ। सेन्टकमले सामाजिक सञ्जाल प्लेटफर्म X मार्फत जानकारी दिँदै होर्मुज क्षेत्रमा अमेरिकी सेनाको गतिविधि “स्वतन्त्रता परियोजना” अन्तर्गत नियमित रूपमा सञ्चालन भइरहेको जनाएको छ। यस घटनाले होर्मुज स्ट्रेट जस्तो संवेदनशील समुद्री मार्गमा पुनः तनाव बढ्ने संकेत देखिएको छ।

