काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा अबको दुई दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा सम्पन्न भएको करिब एक महिनामै नतिजा प्रकाशन गर्न लागिएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार हाल उत्तरपुस्तिकाको इन्ट्री कार्य सकिएको छ भने कुनै त्रुटि नहोस् भनेर रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
यसैबीच, आइतबार सूचना जारी गर्दै परीक्षा नियन्त्रण कार्यालयले एसईई नतिजा हेर्ने विभिन्न माध्यमबारे जानकारी दिएको छ । नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिनेछ ।
एसएमएस तथा आईभीआरबाट नतिजा हेर्ने माध्यम
नेपाल टेलिकम
: १६०० (SMS/USSD तथा IVR सेवा)
जानकी टेक्नोलोजी
: ३५००१ (SMS सेवा)
एम्बिसन गुरु
: ३१०६९ (SMS सेवा)
वेबसाइटमार्फत नतिजा हेर्ने ठेगाना
SEE Official Website
National Examination Board
नेपाल टेलिकम SEE Result
eKantipur
Edusanjal SEE Result
Khalti App
यसका साथै निमा एजुकेशन, फोनिक्स एजुकेशन, मेरो स्टडी तथा इन्द्रेणी टाइम्सलगायतका वेबसाइटबाट पनि एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

