आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसदमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गरेका हुन्।
जसमा चालु खर्चतर्फ ५९.८ प्रतिशत, पुँजीगततर्फ २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.९ प्रतिशत रकम विनियोजन गरिएको छ। सरकारले आन्तरिक राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। बाँकी स्रोत वैदेशिक अनुदान, ऋण र आन्तरिक ऋणबाट बेहोर्ने जनाइएको छ।
पूर्णपाठ तल हेर्नुहोस्

