Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग ‘टु’ अन्तर्गत त्रिकोणात्मक शृंखला जितेको छ । मंगलबार भएको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गर्यो । चार खेल जित्दा महत्वपूर्ण भूमिकामा रहे सन्दिप लामिछाने। लामो समयपछि मैदानमा कमब्याक गरेका सन्दीप लामिछानेले चार खेलमा १३ महत्वपूर्ण विकेटहरु लिए। जितपछि उनले आफ्ना फ्यानहरुलाई समाजिक संजालबाट धन्यवाद दिएका छन्। आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले दर्शकप्रति आभार प्रकट गरेका छन्। विवादकाबीच पनि सन्दिपको मैदानमा क्रेज उत्तिकै थियो। दर्शकको साथ र हौसला पाएका सन्दिपले भनेका छन्, ‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ। यो साथ यो मायाको लागि…

Read More

काठमाडौ । नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जा लिन आग्रह गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरको बारेमा पूर्ण जानकारी लिन सबैलाई आग्रह गरेको हो । राष्ट्र बैंकका अनुसार ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्छ । निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने बैंकले जनाएको छ । केन्द्रीय बैंकले व्यक्तिगत कर्जाहरू स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको समेत जानकारी गराएको छ । ‘स्थिर ब्याजदरमा कर्जा उपयोग गर्दा ब्याज रकम बढ्दैन, निर्धारित…

Read More

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज नेपालले जितेको छ । मंगलबार सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २१३ रनको चुनौति नेपालले ४४.१ बलमा ८ विकेट गुमाउँदै लक्ष्य सजिलै पूरा गर्यो । सिरिजमा यो लगातार चौथो जित हो । नेपालले कुनै खेल हारेन । योसँगै नेपालले त्रिकोणात्मक शृंखलामा शतप्रतिशत जितसहित क्लीनस्वीप गर्न सफल भएको छ । नेपालका लागि कप्तान रोहित कुमार पौड्यलले रनको अर्धशतकीय पारी खेले । बल खेलेका उनले चौका र छक्का प्रहार गर्दै रन बनाए । त्यस्तै करण केसीले ३१ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २१, कुशल मल्ल…

Read More

काठमाडौं । बुद्ध एयरको विमान अवतरण अघि चरासँग ठोकिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पुगेको समयमा विमानमा गिद्ध ठोकिएको भिडियो सामाजिक सञ्जालमा भइरल बनेको छ । सामाजिक सञ्जालमा राखिएको भिडियोमा लेखिएको छ, ‘कस्तो संयोग भिडियो खिचिरहेँको थिएँ बुध्द एअरसंग पोखरा इन्टरनेशनल एअरपोटमा गिद्ध ठोकियो । २ वटा गिद्ध मरेका छन् भने प्लेन शकुशल ल्याण्ड भएको छ । समय ३ः४ फाल्गुन ०८ गते २०७९। ४ मिनेट वाला भिडियोमा संयोगवस क्याच भयो ।’ पोखरा विमानस्थल नजिक चराको गतिविधि अत्यधिक हुने गरेको छ ।

Read More

काठमाडौं । खाना पकाउने (एलपी) ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको अवस्था सुधार हुन थालेको छ। उपचारका लागि भारतको मुम्बई लगिएका नेता भण्डारीसँगै रहेका कांग्रेस नेता योग राज कँडेलका अनुसार भण्डारी पछिल्लो समय कुराकानी पनि गर्न थालेका छन्। कँडेलका अनुसार भण्डारीलाई भेन्टिलेटरबाट निकालिएको छ। उनको ईटी ट्यूब पनि निकालिएको कँडेलले जानकारी दिए। कल्चर रिपोर्ट मंगलबार साँझसम्म आउने र सो बमोजिम इन्फेक्सनको पूर्ण जानकारीपश्चात एन्टिबायोटिकको मात्राको थपघट हुने जानकारी चिकित्सकले दिएको कँडेलले उल्लेख गरेका छन्।

Read More

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिवद्धता गरेका हुन् । सो क्रममा प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् । भेटमा प्रधानमन्त्रीले भने, ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन…

Read More

एजेन्सी । टर्कीएमा ६ दशमलव ४ रेक्टरस्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार सोमबार आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको ज्यान गएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ । टर्कीए र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ । नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय, पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिमा जोड दिएको छ । यसअनुसार पदाधिकारी बैठकले राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

Read More

काठमाडौं । नेपाल टी–२० क्रिकेट लिगको स्पट फिक्सिङमा संलग्न भएको आरोपमा ५ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । तीमध्ये तीन जना खेलाडी छन् । जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गराएको अभियोगमा खेलाडीहरू मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्ता भन्ने नितेश साहलाई तीन वर्ष कैद र पचास हजार रूपैयाँसम्म जरिवाना माग गरिएको छ । उनीहरू तीनै जनालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरिसकेको छ । त्यस्तै स्पट फिक्सिङमा संलग्न नवीन कँडेल र रवि माफीलाई पनि सोही कारबाही माग गरिएको छ । उनीहरू दुवै जना फरार छन् । जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध पक्राउ…

Read More

काठमाडौं, ८ फागुन । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । आइतबार थाइल्यान्डबाट नेपाल आउँदै गरेका रेग्मीलाई नेपाल प्रहरीको साइबर ब्युरोलेको टोलीले नियन्त्रणमा लिएको हो । उनीविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । रेग्मीविरुद्ध गीतकार महेश आचार्यले साइबर अपराधमा उजुरी दर्ता गराएका थिए ।

Read More