Author: हाम्राे हेडलाइन

काठमाडौं । बालाजु क्षेत्र सोमबार दिनभर तनावग्रस्त बनेको छ। ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका छन्। यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडपमा आन्दोलित उनीहरुले नेपाल प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका हुन्। यस्तै उनीहरुले एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । यस्तै उनीहरुले काठमाडौंस्थित माछापोखरीको अस्थायी प्रहरी बिटमा आन्दोलनरत यातायात मजदुरले आगजनी गरेका छन् । आज दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन्। उनीहरुले बााजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन्।…

Read More

काठमाडौं । यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । यातायात मजदुरका तीन वटा संगठनले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न मागहरु पुरा नभए फागुन २ गतेदेखि उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संघठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले विभिन्न १० बुँदे माग पुरा नभए भोलिदेखि नै गाडी नचलाउने बताएका छन् । आफ्ना मागहरू तत्कालै सम्बोधन हुनुपर्ने र कानुन संशोधन लगायतका नीतिगत विषयहरूलाई सम्बोधन गर्ने गरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने संगठनहरूको अडान छ । साथै, उनीहरुले फागुन ३ गतेदेखि देशभरि आन्दोलन गर्ने…

Read More

लमजुङ ।  मर्स्याङ्दी गाउँपालिकाले परीक्षालाई एकरुपता, मर्यादित, विश्वसनिय र बस्तुनिष्ठ बनाउन कक्षा नर्सरी देखि १० सम्मका परीक्षाहरु परीक्षा समितिमार्फत गाउँपालिकाबाट नै सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले पालिका स्तरिय परीक्षा समिति गठन गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । प्रमुख प्रशासकिय अधिकृत, स्थानीय प्रहरी प्रमुख सदस्य रहने उक्त समितिमा शिक्षा शाखाका प्रमुख सदस्य सचिव र ५ जना विषयगत उप समितिका संयोजकहरु सदस्य रहने गरी ९ सदस्यीय परीक्षा समिति रहने व्यवस्था सम्पन्न गाउँ सभाबाट स्थानीय शिक्षा ऐनमा संशोधन समेत गरी समितिको आइतबार बसेको बैठकले विभिन्न निर्णयहरु गर्दै कामलाई अगाडी बढाइएको छ । विषयगत…

Read More

काठमाडौं । नेपालले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेप पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो । त्यसमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश छन् । गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ । टर्की र सिरियामा गरी करिब ३० हजार जना मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Read More

काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सोमबारबाट सुरु भएको छ। उक्त बैठकमा सहभागी हुन भारतका विदेश सचिव विनय मोहन क्यात्रा सोमबार बिहान काठमाडौं आइपुगेपछि बैठक सुरु भएको हो। नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय संयन्त्रणको बैठक करिब ७ महिनापछि बसेको हो। यसअघि यस्तो बैठक भदौ २८ र २९ मा दिल्लीमा बसेको थियो। यो संयन्त्रको बैठकमा नेपाल भारतका विभिन्न आयाममा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ। यो बैठकमा नेपाल भारत सीमाका सन्दर्भमा देखिएका समस्याबारे पनि छलफल हुने सम्भावना रहेको छ। बैठक काठमाडौंको होटल याक एण्ड यतिमा बसिरहेको छ।

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) दिउँसो साढे १ बजेसम्मका लागि बैंक खोल्न निर्देशन दिएको छ। सरकारले (फागुन १) सार्वजनिक बिदा दिएको भए पनि १० बजेदेखि दिउँसो १:३० बैंकहरु खोल्नका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। यसबारे गृह मन्त्रालयले सूचना समेत जारी गरिसकेको छ। ‘जनयुद्ध दिवस’का अवसरमा सरकारले सार्वजनिक बिदाको निर्णय लिए पनि राष्ट्र बैंकले नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको हो। बैंकले सूचना जारी गर्दै भनेको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/१०/२९ को निर्णयानुसार मिति २०७९/११/०१ गते सोमबारका दिन…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गरेका छन्। जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो टिप्पणी गरेका हु्न। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसको शुभकामना दिँदै जनयुद्ध दिवसलाई वैधानिक तवरबाट स्थापित गर्नपर्ने बताए। ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा सम्पूर्ण श्रमजीवि जनसमुदायमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्छु। यो दिन एउटा ऐतिहासिक दिन हुनुको नाताले वैधानिक तवरबाट यसलाई स्थापित गरिनुपथ्र्यो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो निर्णय आफैंमा सबै बेपत्ता योद्धाप्रतिा, जनआन्दोलनमा सहादत प्राप्त गर्ने सबैप्रतिको सम्मान हो। यो संकल्प पनि हो। सामाजिक आर्थिक रुपान्तरणमा…

Read More

लमजुङ । नेकपा (बहुमत) जिल्ला संगठन समिति लमजुङले आइतबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीका लमजुङ संयोजक डिपी अधिकारीले प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीलाई ज्ञापनपत्र बुझाएका हुन् । पार्टीले देशव्यापी प्रशासनमा ज्ञापन पत्र बुझाउने योजना अनुसार ज्ञापनपत्र बुझाएको संयोजक अधिकारीले बताए । यस्तै पार्टीले प्रजिअ पुरीलाई छुट्टै ४४ बुँदे ज्ञापनपत्र बुझाएको छ । पार्टीले लघुवित्त तथा अन्य बैंकवित्तले गरेका उत्पिडनबारेमा आन्दोलन गर्ने समेत संयोजक अधिकारीले बताए ।

Read More

काठमाडौं । सरकारले जनयुद्ध दिवस (फागुन-१)मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार दिउँसोको मन्त्रिपरिषद बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने घोषणा गरेको हो। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो। यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो।

Read More

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेटको आकार सरकारले घटाएको छ। तत्कालीन अर्थमन्त्रीको जर्नादन शर्माले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। नयाँ सरकारले बजेटको आकार १४ प्रतिशतले घटाएको हो। आइतबार प्रतिनिधि सभामा बजेटको मध्यावधि समीक्षा प्रतिवेदन पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार घटाइएको जानकारी दिएका हुन्। अब बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड हुने भएको छ। यो पहिलाको बजेटभन्दा २ खर्ब ४४ अर्बले कम हो। सरकारले जेठमा बजेट ल्याउदा चालु खर्च ११ खर्ब ८३ अर्ब गर्ने भनेकोमा त्यो १० खर्ब २१ अर्ब हुने अपेक्षा गरेको छ। त्यस्तै, पूँजीगत…

Read More