Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Warning: Undefined array key "title" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Warning: Undefined array key "order" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । देशभर कात्तिक ११ गतेसम्म मौसममा ठूलो परिवर्तन नदेखिए पनि कात्तिक १२ गते बिहीबारदेखि…
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर…
विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराह क्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको जेटबोट सप्तकोसी नदीमा दुर्घटना…
भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भक्तपुरस्थित नवदुर्गा मन्दिरमा…
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Warning: Undefined array key "sidebar" in /home2/hamrohea/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- कात्तिक १२ देखि देशभर वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
- एनपिएलको तयारी पूरा, विजेताले डेढ करोड रुपैयाँ पाउने
- जेटबोट दुर्घटना हुँदा ३ जनाको मृत्यु
- कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
- बाढी पूर्वसूचना प्रणाली विस्तारदेखि चार हिमतालको जोखिम घटाउनेसम्म सरकारका मुख्य योजना
- असोजमा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात, बंगलादेशमा पनि पुनः सुरु
- सुन्दर मानुङकोट [फोटो फिचर]
- सुन तोलामा ११ हजार ७०० रुपैयाँ सस्तियो
- आज बडादसैँको मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाइँदै
- आज महानवमी पर्व
Author: हाम्राे हेडलाइन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको न्याय पाउनुपर्ने माग राख्दै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एक जनाले आत्मदाहको प्रयास गरेका हुन् । कोहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत गोकर्ण कार्कीले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । उनले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि प्रहरीले उनको उद्धार गरेको छ । प्रतिष्ठानमा ड्राइभर रहेका ४० वर्षीयका कार्कीले पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेको जुम्ला प्रहरीले जनाएको छ ।
काठमाडौं । बलात्कार आरोप लागेका सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। नेपाल सरकारको तर्फबाट नायब महान्यायाधिवक्ताद्वारा दायर निवेदनमा उच्च अदालत पाटनको गत पुस २८ मा भएको आदेशमा प्रतिवादी लामिछानेलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने उल्लेख छ लामिछानेलाई उच्च अदालत पाटनले सर्तसहित रु। २० लाख नगद धरौटी वा बैंक जमानत लिई तारेखमा राख्न आदेश दिएको थियो । निवेदनमा लामिछानेले प्रमाण नष्ट गर्न सक्ने पनि आशंका व्यक्त गरिएको छ।
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको शेयर बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यलय नारायणचौर, नक्सालमा शेयर बाँडफाँट गर्ने भएको हो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण भएको छ । कम्पनीको आईपीओमा १४ लाख ७३ हजार ९६९ जना आवेदकहरुबाट १ करोड ६६ लाख ७० हजार ९९० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यस मध्ये ८ हजार २०६ आवेदकहरुको आवेदन रद्ध भएकोले १४ लाख ६५ हजार ७६३ जना योग्य आवेदकहरुमध्ये ८९ हजार ६४० जना आवेदकलाई ८ करोड…
काठमाडौं । सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ । योसँगै सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै बढ्दै १ लाख ७ हजार रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई बुधबार राति विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । बागलुङमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका–८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार दिउँसो पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएको बागलुङका प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले जानकारी दिए। घरमा कोही नभएको अवस्थामा उनले आगो लगाएको ज्ञवालीले बताए। जिसीलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ। बागलुङकै धौलागिरी अस्पताल लगिएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि पोखरा पठाइएको छ।
काठमाडौं । चितवन क्षेत्र नं. २ बाट मंसिर ४ को निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद रिक्त भएको सूचना बुधबार प्रतिनिधिसभालाई दिइएको छ । सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद रिक्त भएको सूचना प्रतिनिधिसभालाई जानकारी गराएका हुन्। सर्वोच्च अदालतको संवैधानिक इजलासबाट शुक्रबार आएको उत्प्रेषणको आदेशले चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको, निर्वाचित भएको र प्रमाणपत्र पाएको लगायत निर्णय बदर भएको जानकारी घिमिरेले सुनाएका हुन्। सर्वोच्चले रविको नागरिकता मुद्दासम्बन्धी निर्णयको जानकारी तीन दिनअघि नै प्रतिनिधिसभालाई दिएको थियो।
काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगमले जनाएको छ । भारतबाट इन्धनको मूल्य बढेर आएपछि निगम फेरि घाटामा गएको छ । स्रोतका अनुसार नेपालमा मूल्य समायोजन नगर्ने हो भने अबको १५ दिनमा ९ करोड ४१ लाख रुपैयाँ घाटा पर्नेछ ।
काठमाडौं । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रू एकसयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता शेयर आइपीओ निष्कासन बिक्री खुला गरेको हो । आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरी बिक्री नभएका एक लाख ८० हजार पाँच सय ८० कित्तासहित कूल पाँच लाख ८० हजार पाँच सय ८० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो । जसमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र २९ हजार ३० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिनुका साथै ११ हजार छ सय १० कित्ता शेयर कर्मचारीलाई छुट्याइ…
एजेन्सी । इरानमा सडकमा नाचेको एक जोडीलाई १० वर्षको जेल सजाय भएको छ । उमेरले २० वर्षमाथिको जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण जेल सजाय सुनाइएको हो । सार्वजनिक भएको भिडिओमा उनीहरू तेहरानको फ्रीडम टावर अगाडि नाचिरहेको देखिन्छ । झन्डै २० लाखले पच्छाएको इन्स्टाग्राम खातामार्फत् भिडिओ सेयर गरेपछि उनीहरू पक्राउ परेका थिए । इरान सरकारले महिलालाई पुरुषसँग नाच्न अनुमति दिएको छैन । २१ वर्षीया अस्तियाज हकीकी र उनीसँग विवाह तय भएका २२ वर्षीय अमिर मोहम्मद अहमदीलाई भ्रष्टाचार तथा दुष्प्रचार गरेको, राष्ट्रिय सुरक्षाविरुद्ध लागेको अभियोगमा दोषी ठहर गरिएको बीबीसीले जनाएको छ ।
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
