काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आइतबार दायर गरिएको मुद्दामा २९ जनालाई प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५० जनालाई प्रतिवादी बनाउनुपर्ने राय पेश गरेको थियो । जसमा पक्राउ परेका ३२ र फरार १८ जना थिए । विमानस्थल भन्सार कार्यालय बाहिरबाट साउन २ गते स्कूटरको ’ब्रेक सू’मा ल्याइएको सुन ६० किलो ७१६ ग्राम सुन समातिएको थियो ।