Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको हो। नेपाल विद्युत् प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ। उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ।…

Read More

राजेन्द्र प्रजापती/हाम्रो हेडलाइन तनहुँ । चिसो मौसम सुरु भएसँगै तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । अझै दसैंको बिदामा यहाँ घुम्न आउनेको भिड बढेको छ । बिहानको कुहिरो र मनमोहक सूर्योदयको दृश्य अवलोकन गर्न पर्यटकको आउने गर्दछन् । मानुङकोटबाट बिहान दमौली बजार आसपासको क्षेत्र कुहिरोले ढाकिएर सेताम्मे देखिन्छ । तलाउजस्तै फैलिएको कुहिरोको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। घाम लाग्दै जाँदा कुहिरो हट्न थालेपछि नागबेली परेको मादी नदी, हरियाली पहाड र पृष्ठभूमिमा देखिने हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। समुद्री सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको मानुङकोट दमौली बजारबाट करिब आठ किलोमिटर…

Read More

काठमाडौं । दसैँपछि खुलेको बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य २३० रुपैयाँले घटेको छ। महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ९५५ रुपैयाँ रहेको छ। यसअघि गत कात्तिक २ गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ र चाँदीको मूल्य ४ हजार १८५ रुपैयाँ कायम भएको थियो। यसअनुसार दसैँपछि सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो।

Read More

काठमाडौं । बडादसैँ अर्थात् विजयादशमीको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी नेपालीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान १० बजेर २६ मिनेटको समय उत्तम रहेको जनाएको छ। यद्यपि, विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन छुट्टै साइत खोज्न आवश्यक नरहेको समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले बताएका छन्। राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने धार्मिक मान्यता रहेको उनले बताए। शास्त्रीय मान्यताअनुसार शुभ साइतमा…

Read More

बडादसैँअन्तर्गत आज महानवमी पर्व। नवरात्रको नवौँ दिन आज दुर्गा देवीको नवौँस्वरूप माता सिद्धिदात्री र महालक्ष्मी देवीको विशेष पूजाआराधना गरी मनाइँदै छ। आज कलपूर्जा, हातहतियार, मेसिनरी सामान तथा विभिन्न सवारीसाधनको पूजा गरी बलि दिने चलन छ। दसैँघर, कोत तथा शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा, राँगा आदिको बलिसहित पूजा गरिन्छ। शाकाहारीहरूले भने आज कुभिन्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवल बलि दिने र पायस (खिर) चढाउने गर्छन्। यस अवसरमा विश्व सम्पदा सूचीमा रहेको काठमाडौँको हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्मका लागि खुला गरिएको छ। यो मन्दिर प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र सर्वसाधारण भक्तजनका लागि खुला गरिने परम्परा छ। आज बिहान ५…

Read More

बुढीगण्डकी नदीको बाढीले क्षतिग्रस्त बनाएको गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुलमा बेलिब्रिज जडान गरिएको छ । बेलिब्रिज निर्माण सम्पन्न भएसँगै उक्त सडकखण्डमा यातायात सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको छ । बाढीले पुलको गोरखातर्फको २२ मिटर भाग बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन ठप्प भएको थियो । यातायात सेवा तत्काल सञ्चालनमा ल्याउने उद्देश्यले नेपाली सेना र गोरखा सडक योजनाको समन्वयमा बेलिब्रिज निर्माण गरिएको हो । निर्माण सम्पन्न भएसँगै आजदेखि दुईपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ भने भोलिदेखि चारपाङ्ग्रे सवारीसाधनसमेत सञ्चालन गरिने जनाइएको छ ।

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि आसन्न चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले साविककै मूल्य कायम राख्ने निर्णय गरेको हो । निगम सञ्चालक समितिले नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्नुपर्ने अवस्था भए पनि हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको जनाएको छ । निगमका अनुसार पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने देखिएको छ । चाडपर्वका बेला उपभोक्तालाई मूल्यवृद्धिको थप भार नपरोस् भन्ने…

Read More

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत १७ जना शाखा अधिकृतलाई गृह मन्त्रालय वा मातहतका निकायमा सरुवा गरेको छ । मन्त्रालयले असोज २९ गते गरेको निर्णयअनुसार उनीहरूलाई गृह मन्त्रालय वा अन्तर्गतका निकायमा खटाइएको हो । &

Read More

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पालन गर्ने ४६ जना किसानलाई अनुदान वितरण गरेको छ । परम्परागत कृषि संस्कृतिको संरक्षण र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समावेश गरेको योजनाअनुसार अनुदान वितरण गरेको हो । गाउँपालिकाले असोज २८ गते पहिलो चरणमा वडा नम्बर १ का हलगोरु पालक किसानलाई अनुदान उपलब्ध गराएको हो । गाउँपालिका अध्यक्ष शुक्र चुमानले सूचीकृत ४६ जना किसानलाई प्रतिव्यक्ति ७ हजार रुपैयाँका दरले अनुदान रकम वितरण गरेका हुन् । अनुदान वितरण कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष प्रेमबहादुर गुरुङसहित वडाका जनप्रतिनिधिको उपस्थिति रहेको थियो । गाउँपालिकाका अनुसार यो…

Read More

काठमाडौं । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ । विभागले चिकित्सकको परामर्शअनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न बिरामीलाई आग्रह गरेको छ । विभागले प्रेस विज्ञप्ति जारी गर्दै औषधिको अभाव हुने वा बजारमा रहेका औषधिको बिक्रीवितरण बन्द गरिएको भन्ने भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरेको हो । विभागका अनुसार तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका ४७ किसिमका ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको छ । ती औषधिका दर्ता प्रमाणपत्रसमेत खारेज हुने भए पनि यसअघि नै बजारमा आइसकेका वा बिक्रीवितरणमा रहेका औषधिको बिक्री…

Read More