काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए पनि आसन्न चाडपर्व र आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगमले साविककै मूल्य कायम राख्ने निर्णय गरेको हो ।
निगम सञ्चालक समितिले नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्नुपर्ने अवस्था भए पनि हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको जनाएको छ ।
निगमका अनुसार पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ३ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।
चाडपर्वका बेला उपभोक्तालाई मूल्यवृद्धिको थप भार नपरोस् भन्ने उद्देश्यले मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।


