काठमाडौं । दसैँपछि खुलेको बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य २३० रुपैयाँले घटेको छ।
महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ९५५ रुपैयाँ रहेको छ।
यसअघि गत कात्तिक २ गते सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ र चाँदीको मूल्य ४ हजार १८५ रुपैयाँ कायम भएको थियो।
यसअनुसार दसैँपछि सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो।

