Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको छ । अध्यक्ष केपी…
काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । नियुक्त मन्त्रीको दिउँसो…
काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुन तोलामा…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- एमाले महाधिवेशन उद्घाटन
- नवनियुक्त ४ मन्त्रीले लिए शपथ
- आज मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीको ३ बजे शपथ
- सुनचाँदीको मूल्य निरन्तर उकालोतिर
- जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको भौतिक क्षति
- जेनजीसँगको सम्झौतालाई सरकारले गर्यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने
- फाइनलमा लुम्बिनी
- भिजिट भिसा प्रकरणमा सहसचिव तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- सरकार र जेनजी प्रतिनिधिको सम्झौता कलाविहीन नाटक हो : अध्यक्ष ओली
- ट्रम्पले घोषणा गरे १० लाख डलरको ‘गोल्ड कार्ड’ भिसा, ‘फास्ट–ट्रयाक’ प्रक्रियाबाट दिइने
Author: हाम्राे हेडलाइन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज पनि स्थगित भएको छ । जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि र छविको मुद्दा हेर्न नमिल्नेमा परेको हो । न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको हो । न्यायाधीश सागर विष्टका आफन्त नै उक्त मुद्दामा जाहेरवालातर्फको कानून व्यवसायी पर्ने भएकाले सुनुवाइ अघि नबढाइएको हो । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको विहीबारको पेशी गत १३ गतेपछि निरन्तर सरिरहेको छ । लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला…
काठमाडौं । नेपाली कांग्रेसले तोकिएको मापदण्ड अनुसार उम्मेदवार सिफारसि गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई निर्देशन दिएको छ । काँग्रेस मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विहिबार पार्टीको मङ्सिर १५ र १७ गतेको परिपत्र अनुसार तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवार सिफारिस गर्न प्रदेश, जिल्ला र क्षेत्रीय समितिहरुलाई ध्यानाकर्षण गराएका छन् । केन्द्रको निर्देशन अनुसार अहिले काँग्रेसमा फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ धमाधम उम्मेदवार सिफारिस भइरहेको छ ।
काठमाडौं । सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता पत्रमा जेनजी आन्दोलनका शहीद र घाइतेको त्याग तथा बलिदानीलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणहितको परिपूरण, भदौ २३ र २४ का घटनाको अनुसन्धान, अभियोजना र पुनरावृत्ति हुन नदिन आवश्यक संस्थागत सुधार, राजनीतिक तथा नीतिगत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको दलीयकरण र दलीय भागबण्डाका आधारमा नियुक्ति गरिने प्रचलनको अन्त्य, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनको सुनिश्चितता, नेपालको संविधानमा गर्नुपर्ने सुधार, पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक…
काठमाडौं । उत्कृष्ट बलिङ र संयमित ब्याटिङको प्रदर्शन गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको इलिमिनेटरमा लुम्बिनीले काठमाडौं गोर्खाजलाई चार विकेटले हराउँदै विराटनगर किंग्ससँग दोस्रो क्वालिफायर खेल्ने अधिकार पक्का गरेको हो। काठमाडौंले टस जितेर पहिले ब्याटिङ गर्दै १११ रनको सामान्य लक्ष्य दिएको थियो। तर लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। लुम्बिनीका ओपनर डार्सी सटले ३३ रन बनाए भने रोहित पौडेलले १८ रन, सन्दीप जोरा २३ रन र विकेटकिपर निरोशान डिकवेलाले १४ रन बनाए। काठमाडौंका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए पनि टिमको…
काठमाडौं । भन्सार एजेन्ट महासंघले आफ्ना प्रमुख मागहरू सम्बोधन हुने सहमति बनेपछि जारी पेनडाउन आन्दोलन फिर्ता लिएको घोषणा गरेको छ। मंसिर २३ गते भन्सार विभाग र भन्सार एजेन्ट महासंघ नेपालबीचको छलफल सकारात्मक बनेपछि देशभरका भन्सार कार्यालयमा सञ्चालनमा रहेका विरोध कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको महासंघले जनाएको छ। महासंघका अध्यक्ष प्राचीन कुमार थैबका अनुसार विभागले महासंघका मागहरू सम्बोधन गर्ने स्पष्ट सहमति जनाएपछि आन्दोलन रोकिने निर्णय भएको हो। उनले आन्दोलनमा साथ दिने उद्योग–व्यवसायी तथा सबै भन्सार एजेन्ट संघ–संस्थाप्रति आभार प्रकट गरे। मंसिर २३ देखि सुरु भएको पेनडाउनका कारण भन्सार प्रक्रियामा अवरोध भएको थियो। छलफल सफल भएसँगै भन्सार कार्यालयहरूमा नियमित कार्य पुनः सुचारु…
काठमाडौं । लमजुङ बेसीशहर नगरपालिका–११ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा अधिवेशन यहि मंसिर २७ गते शनिबार हुने भएको छ । अधिवेशन बिहान ११ः३० बजे चिति तिलाहरस्थित खुल्ला चौरमा हुने लमजुङ–काठमाडौं सम्पर्क समितिका संयोजक भोला शर्माले जानकारी दिए । कार्यक्रमको प्रमुख वक्ता पार्टीका केन्द्रीय संगठन विभाग सदस्य धर्म के.सी. रहनेछन् । अधिवेशनमा पार्टीका वडा कार्यकर्ता, स्थानीय समर्थक र विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमले वडा स्तरमा संगठन सुदृढ पार्ने र स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्ने लमजुङ–काठमाडौं सम्पर्क समितिका संयोजक शर्माले जानकारी दिए ।
काठमाडौं । एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिको अन्तिम टुंगो लागेको पार्टी महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ। प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी २१५४ प्रतिनिधि रहने गरी टुंग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए। उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ। उक्त संख्यासहित दुई हजार ४६३ जना महाधिवेशन हलमा रहनेछन्। समितिले प्रतिनिधिको परिचयपत्र (कार्ड) छपाइ कार्य सुरु गरिसकेको बताएको छ।
काठमाडौं । गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको नयाँ गीत ‘परेली’ सार्वजनिक भएको छ। आधुनिक पप शैलीमा तयार गरिएको यस गीतमा शिव परियारको स्वर र दीपक शर्माको सङ्गीत रहेको छ। गीतमा प्रेमीले प्रेमिकाको प्रशंसा गर्ने शब्दहरूलाई समावेश गरिएको छ। भिडियोलाई डा. पोखरेलले स्वयं निर्देशन गरेका हुन् भने बद्री प्रसाद तिवारी र रिस्ता बस्नेतले अभिनय गरेका छन्। छायाङ्कन विमला तामाङले गरेकी छन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा रचनाको चर्चा सुरु भएको छ।
काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको हैसियतमा पुनः कार्यालय प्रवेश गरेका छन्। सर्वोच्च अदालतले सोमबार शाक्यलाई पुनर्वहाली गर्न परमादेश जारी गरेपछि उनी बुधबार बिहान १० बजे प्राधिकरण पुगेका हुन्। अदालतको आदेश अनुसार शाक्यलाई कार्यकारी निर्देशकको रूपमा काम गर्न दिनुपर्ने स्पष्ट उल्लेख छ। यस निर्णयसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङका लागि गम्भीर चुनौती उत्पन्न भएको छ। मन्त्री घिसिङ सुशीला कार्की नेतृत्वको सरकारले शाक्यलाई २०७८ सालमा हटाएर आफूलाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए। शाक्यले यस कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतको पछिल्लो निर्णयले उनलाई पुनः कार्यकारी जिम्मेवारीमा फर्काएको हो।
काठमाडौं । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आधार स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचन भएको बताएकी छन्। कार्यक्रममा बोल्दै उनले नागरिकले प्रलोभन, दबाब वा डरबिना आफ्ना प्रतिनिधि छान्न पाउने वातावरण सुनिश्चित गर्नु राज्यको मूल दायित्व भएको स्पष्ट गरिन्। प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार सक्रिय रूपमा काम गरिरहेको जानकारी दिँदै सबै पक्षलाई समयमै निर्वाचन सम्पन्न गर्न सहकार्य गर्न आग्रह गरिन्। उनका अनुसार निर्वाचनमा खटिने सुरक्षा निकायका कर्मचारीलाई उच्च मनोबलमा काम गर्न अनुकूल वातावरण पनि सरकार नै बनाउनेछ। बालिग नागरिकको मताधिकार सुनिश्चित गर्न कुनै कसर…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित
