Author: हाम्राे हेडलाइन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर (समता शुल्क) हालका लागि लागू नगर्ने निर्णय गरिएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले उक्त शुल्क तत्काल कार्यान्वयन गर्दा आम नागरिकमाथि थप आर्थिक भार पर्ने र सेवाग्राहीले अनावश्यक सास्ती व्यहोर्नुपर्ने निष्कर्षपछि सरकार उक्त निर्णयमा पुगेको जानकारी दिएका हुन्। प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्कालका लागि कार्यान्वयन नगर्ने निर्णय गरिएको उल्लेख गरेका छन्। उनका अनुसार सरकारले समता कर ल्याउनुको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने, दलित, सिमान्तकृत तथा…

Read More

काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी बनाउने, कर अनुपालनलाई प्रभावकारी बनाउने तथा उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको छ। अर्थ मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले दिएको अधिकार प्रयोग गर्दै उक्त कार्यविधि जारी गरेको हो। नयाँ व्यवस्थाअनुसार नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि वस्तु वा सेवा खरिद गर्ने उपभोक्ताले कम्तीमा १०० रुपैयाँभन्दा बढीको खरिदमा वैध बिल लिई विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन्। कार्यविधिअनुसार आन्तरिक राजस्व विभागले सञ्चालन गर्ने विद्युतीय प्रणालीमा समावेश भएका खरिद विवरणका आधारमा सहभागी स्वतः छनोट प्रक्रियामा समावेश हुनेछन्।…

Read More

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस्व सङ्कलनका लक्ष्य पूरा गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्। बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सहभागी बैठकलाई सम्बोधन गर्दै उनले नयाँ बजेट पाँच वर्षे सरकारको आर्थिक मार्गचित्रको पहिलो चरण भएको उल्लेख गरे। विगतमा देखिएको कमजोर पूँजीगत खर्च र अपेक्षाअनुसार राजस्व सङ्कलन हुन नसकेको अवस्थालाई दोहोरिन नदिन योजनाबद्ध रूपमा काम गर्न उनले आग्रह गरे। अर्थमन्त्री वाग्लेले गत आर्थिक वर्षमा पूँजीगत खर्च करिब ४९ प्रतिशत मात्रै भएको र राजस्व सङ्कलन रु. १२.५ खर्ब हाराहारीमा सीमित रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा यस्तो…

Read More

काठमाडौं । स्वदेशी औषधि उत्पादनलाई विस्तार गर्दै औषधिमा आत्मनिर्भरता बढाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सोमबार भएको समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य तय गरिएको छ। हाल लिमिटेडले ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको छ। नयाँ योजनाअन्तर्गत उच्च रक्तचाप, मधुमेहलगायत दीर्घरोगका औषधिसमेत स्वदेशमै उत्पादन गरिने मन्त्रालयले जनाएको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति तथा प्राविधिक तयारीलाई तीव्रता दिइनेछ। समझदारीअनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ भने सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा…

Read More

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई आवश्यक कार्यविधि, निर्देशिका, मापदण्ड, दिग्दर्शन वा मार्गदर्शन साउन मसान्तभित्र तयार गरिसक्न निर्देशन दिएको छ। अर्थ मन्त्रालयले साउन १ गते जारी गरेको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई बजेट विनियोजन भएका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा निर्देशिका समयमै तयार गरी स्वीकृत भएको सात दिनभित्र सम्बन्धित निकायको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ। यस्ता कार्यविधिबाट थप आर्थिक दायित्व सिर्जना हुने अवस्था आए अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य हुने व्यवस्था गरिएको छ। मार्गदर्शनअनुसार स्वीकृत आयोजना तथा कार्यक्रम…

Read More

काठमाडौं । नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदाको संख्या पुनरावलोकन गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णयसहित २२ वटा महत्त्वपूर्ण निर्णय गरेको छ। सोमबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सातामा दुई दिन सार्वजनिक बिदा थपिएको अवस्थालाई मध्यनजर गर्दै अन्य सार्वजनिक बिदाको पुनरावलोकन गर्न अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो। निर्णयअनुसार गृह मन्त्रालयका एक सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहने कार्यदल गठन गरिनेछ। कार्यदललाई सार्वजनिक बिदाको औचित्य, प्रभाव र व्यवस्थापनबारे अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन बुझाउने कार्यादेश…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन्द्र शाह सरकारले १०० बुँदे घोषणामार्फत विदेशिएका नेपालीलाई स्वदेश फर्काएर रोजगारी दिने प्रतिबद्धता जनाएको भए पनि त्यसको प्रभाव वैदेशिक रोजगारीको तथ्यांकमा देखिएको छैन। आर्थिक गतिविधि अपेक्षित रूपमा विस्तार हुन नसक्दा हजारौं नेपाली अझै पनि रोजगारीका लागि विदेशिन बाध्य भएका छन्। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यो संख्या ८ लाख ३९ हजार २६६ रहेको थियो। यसअनुसार एक वर्षमा श्रम स्वीकृति लिनेको संख्या ४७ हजार ७९ ले घटेको छ। यद्यपि श्रम स्वीकृति लिनेको संख्या…

Read More

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ। हाल देशभर अधिकांश भूभागमा बदली छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। आज देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान र…

Read More

काठमाडौं । फेरान टोरेसको अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को उपाधि जितेको छ। सोमबार बिहान अमेरिकाको न्युजर्सीस्थित न्युजर्सी स्टेडियममा भएको रोमाञ्चक फाइनलमा स्पेनले १६ वर्षपछि पुनः विश्वकपको ट्रफी उचाल्न सफल भयो। निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। खेलको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको गोल नै स्पेनको जितको आधार बन्यो। उनले ११४औँ मिनेटमा अर्को गोल गरे पनि अफसाइडका कारण त्यसलाई मान्यता दिइएन। इन्ज्युरी समयको तेस्रो मिनेटमा अर्जेन्टिनाका इन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि स्पेनले…

Read More

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बनेपछि विदेशिने नेपाली युवाको संख्या अघिल्लो वर्षको तुलनामा बढेको दाबी गरेका छन्। आइतबार पार्टी मुख्यालय च्यासलमा एमालेका सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले पहिले वैदेशिक रोजगारीलाई लिएर चर्को आलोचना गर्नेहरू अहिले सरकारमा पुगेपछि विदेशिनेको संख्या बढ्दा मौन बसेको आरोप लगाए। ‘पोहोर यतिबेला विदेश गयो भनेर निकै ठूलो हल्ला गरिन्थ्यो। तर अहिले त्यसभन्दा बढी मानिस विदेश गएका छन्, सबै चुपचाप छन्,’ ओलीले भने। उनले देशभित्र रोजगारी सिर्जना नगरेर युवालाई विदेशिन बाध्य पारिएको भन्दै आलोचना गर्ने दलहरू अहिले विदेश जानुलाई ‘युवाको अधिकार’ भन्दै व्याख्या गरिरहेको आरोप…

Read More