Author: हाम्राे हेडलाइन

काठमाडौं । औषधि व्यवस्था विभागले इम्युनोसप्रेसेन्ट वर्गका औषधिको बजारमा बिक्रीवितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको स्पष्ट पारेको छ । विभागले चिकित्सकको परामर्शअनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न बिरामीलाई आग्रह गरेको छ । विभागले प्रेस विज्ञप्ति जारी गर्दै औषधिको अभाव हुने वा बजारमा रहेका औषधिको बिक्रीवितरण बन्द गरिएको भन्ने भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरेको हो । विभागका अनुसार तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका ४७ किसिमका ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको छ । ती औषधिका दर्ता प्रमाणपत्रसमेत खारेज हुने भए पनि यसअघि नै बजारमा आइसकेका वा बिक्रीवितरणमा रहेका औषधिको बिक्री…

Read More

काठमाडौं । चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल बिहीबारदेखि सञ्चालनमा आएको छ । लामो समयदेखि रोकिएको पुल सञ्चालनमा आएसँगै दुई देशबीच व्यापार, यातायात तथा आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ । सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको उक्त पुल उत्तर कोरियातर्फको निर्माण कार्य अधुरो रहेपछि लामो समयसम्म सञ्चालनमा आउन सकेको थिएन । चीनमाथि उत्तर कोरियाको आर्थिक निर्भरता तथा उत्तर कोरियाको आणविक कार्यक्रमसँग सम्बन्धित प्रतिबन्धमा चीनको भूमिकालगायत विषयले पनि पुल निर्माणमा ढिलाइ भएको हुन सक्ने अनुमान गरिएको थियो । नयाँ पुल सञ्चालनमा आएपछि दुई देशबीचको व्यापारिक आवागमन सहज हुने र दशकौँ पुरानो पुलमा…

Read More

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउन र भदौमा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही दुई महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । यस वर्ष विप्रेषण आप्रवाहको वृद्धिदर अघिल्लो वर्षको तुलनामा…

Read More

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कार्यालयले सम्बन्धित कम्पनी तथा संयुक्त उपक्रमलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो। कार्यालयका अनुसार धनुषाको मिथिला नगरपालिकाको सिफारिसमा शुहानी निर्माण सेवा प्रालि, मरबैता कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि र एस.एन.एस.एम.सी.सी. जेभी, जनकपुर–१४ लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। शुहानी निर्माण सेवा प्रालि दिपेन्द्र कुमार यादव र मरबैता कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि शम्भु मरबैतासँग सम्बन्धित छन्। त्यस्तै, पशुपन्छी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेतको सिफारिसमा कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित नागवंशी कन्स्ट्रक्सनलाई…

Read More

नुवाकोट । गत भदौ १० गते आएको विनाशकारी हिमबाढीले त्रिशूली नदीमाथिको मोटरेबल पुल बगाएपछि समस्यामा परेका नुवाकोटको त्रिशूलीबजार वारिपारिका बासिन्दालाई राहत मिलेको छ। निर्माण व्यवसायीको पहलमा त्रिशूली नदीमाथि २६७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरी सञ्चालनमा ल्याइएपछि स्थानीयको आवतजावत सहज भएको हो। विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूलीबजार सिरानलाई जोड्ने गरी निर्माण गरिएको पुलबाट बाढीका कारण टुटेको पैदल सम्पर्क पुनःस्थापित भएको छ। पुल सञ्चालनमा आएपछि बिरामीलाई अस्पताल पुर्‍याउन, बालबालिकालाई विद्यालय जान र दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न सहज भएको छ। बाढीले मोटरेबल पुल बगाएपछि स्थानीयले सदरमुकाम विदुर आवतजावत गर्न निकै सास्ती खेप्नुपरेको थियो। नदी वारपार गर्न विभिन्न स्थानमा तुइन र जिपलाइन…

Read More

ठूलो भूकम्पपछि छिटो वित्तीय स्रोत प्राप्त गर्ने संयन्त्र विकासका लागि सहकार्य। विश्व बैंकको ट्रेजरीले बन्ड कारोबारको सम्भाव्यता र संरचना मूल्याङ्कन गर्ने। प्रस्तावित परियोजनाबाट आठ करोडदेखि १९ करोड अमेरिकी डलरसम्म जोखिम सुरक्षण जुटाउने लक्ष्य। काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच भूकम्पीय विपद् जोखिम सुरक्षण बन्ड अर्थात् ‘क्याटास्ट्रोफ बन्ड’ विकासका लागि सम्झौता भएको छ। यसले ठूलो भूकम्पपछि नेपालले छिटो वित्तीय स्रोत प्राप्त गर्न सक्ने संयन्त्रको सम्भाव्यता अध्ययन र संरचना तयार गर्ने बाटो खोलेको छ। थाइल्यान्डमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थसचिव घनश्याम उपाध्याय र विश्व बैंक समूहका उपाध्यक्ष जर्ज फमिलियरले सम्झौतामा हस्ताक्षर…

Read More

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रामा २०औँ कन्यादेवी कप–२०८३ अन्तर्गत पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ। कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको उद्घाटन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रम क्लबका अध्यक्ष सुब्बा गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा वडाध्यक्ष, जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधि, युवा क्लबका सदस्य, स्थानीय बुद्धिजीवी, आमा समूह र बाबा समूहका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो। ‘खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्द्धनका लागि फुटबल प्रतियोगिता, पर्यटकीय गाउँ मिप्रा जाऔँ, फुटबल प्रतियोगितामा रमाऔँ’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो। आयोजकका अनुसार प्रतियोगितामा पुरुषतर्फ २४ टोली सहभागी छन्।…

Read More

काठमाडौं । भिसाको उद्देश्यविपरीत कार्यमा संलग्न भएको आरोपमा २४ जना दक्षिण कोरियाली नागरिकलाई नेपालबाट निष्कासन गरिएको छ। अध्यागमन विभागले उनीहरूको भिसा रद्द गर्दै प्रस्थान गरेको मितिदेखि तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने निर्णय गरेको हो। विभागका अनुसार नेपाल बसाइ शंकास्पद देखिएको, आचरण संदिग्ध रहेको र प्राप्त भिसाको उद्देश्यविपरीत कार्य गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय, मोरङले उनीहरूलाई अनुसन्धान तथा कारबाहीका लागि विभागमा उपस्थित गराएको थियो। ती दक्षिण कोरियाली नागरिक मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालाती मार्गको ‘सुन्दर डाँडा’ क्षेत्रमा रहेको नेपाल न्यू कभनन्ट कलेज (एनएनसीसी) नामक शैक्षिक संस्थाको दीक्षान्त समारोह तथा धार्मिक कार्यक्रममा सहभागी भएका थिए। पर्यटक भिसामा नेपाल आएका उनीहरू धार्मिक…

Read More

काठमाडौं । संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका लगायत १० देशका लागि सिफारिस गरिएका राजदूतको नाम अनुमोदन गरेको छ। बुधबार बसेको समितिको बैठकले विभिन्न १० देशका लागि सिफारिस गरिएका राजदूतको नाम अनुमोदन गरेको हो। समितिबाट अनुमोदित नाममध्ये भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरू जोशी रहेका छन्। त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, ओमानका लागि डा. पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ र श्रीलंकाका लागि डा. मंचलाकुमारी झाको नाम अनुमोदन भएको छ। यसअघि असोज २ गते बसेको…

Read More

रसुवा, नुवाकोट र धादिङका प्रभावित परिवारलाई प्रतिघरधुरी ४५ हजार रुपैयाँ वितरण। विश्व खाद्य कार्यक्रमको सहयोगमा ११ स्थानीय तहमा एकद्वार प्रणालीबाट राहत। प्रमाणीकरण बाँकी करिब १ हजार ४०० परिवारलाई तीन दिनभित्र रकम दिने तयारी। काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका चार हजार १०८ घरधुरीलाई प्रतिपरिवार ४५ हजार रुपैयाँ नगद राहत वितरण गरेको जनाएको छ। यसअनुसार हालसम्म कुल १८ करोड ४८ लाख ६० हजार रुपैयाँ वितरण भएको छ। विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले उपलब्ध गराएको सहयोग स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणालीबाट वितरण गरिएको हो। स्थानीय तहले पहिचान गरेका प्रभावित परिवारलाई दोहोरो नपर्ने गरी रकम उपलब्ध गराइएको सरकारले जनाएको…

Read More