Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाली कांग्रेसले पनि धमाधम टिकट वितरण टुंगाउन लागिरहेको छ । सभापति गगनकुमार थापाको नेतृत्वमा बसेको संसदीय बोर्डको बैठकले हिमाली र पहाडी जिल्लामा टिकट वितरण गरिसकेको छ । जसअनुसार कांग्रेसले हुम्लामा जयपति रोकाया, मुगुमा खड्ग बहादुर शाही, जुम्लामा दीप बहादुर शाही, डोल्पामा कर्ण बहादुर बुढा, कालिकोटमा हर्ष बम, दैलेख–१ मा बासना थापा, दैलेख– २ मा दिक्पाल शाही, सल्यानमा केश बहादुर विष्ट, बाजुरामा जनक गिरी, पूर्वी रूकुममा कुसुम थापा मगर, रोल्पामा डा. सुधन कुमार ओलीलाई उम्मेदवार बनाएको छ । त्यस्तै कांग्रेस प्युठानमा डा. गोविन्दराज पोखरेल, ताप्लेजुङमा गजेन्द्र तुम्येहाङ, पाँचथरमा नरेन्द्र केरूङ, बैतडीमा चतुर बहादु चन्द, तेह्रथुममा सन्तोष सुब्बा र धनकुटामा…

Read More

काठमाडौं ।  युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनाव लड्ने भएपछि उनले पदबाट राजिनामा दिएका हुन् । उनी काठमाडौं महानगरका तत्कालिन प्रमुख बालेन शाहको कोटाबाट रास्वपा निकट भएका थिए । उनी अव आउँदो प्रतिनिधि सभाको चुनावमा होमिने भएका छन् ।

Read More

काठमाडौं । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ । आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका…

Read More

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलबाट पेस भएका समानुपातिक तर्फका तीन हजार २१३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २५ बमोजिम आज बन्दसूची सार्वजनिक गरिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। सार्वजनिक विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका तीन हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको उल्लेख छ। उक्त बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने कुनै मतदाताले यही माघ ५ देखि माघ १० गतेसम्म बिहान १० देखि दिउँसो ४ बजेभित्र आयोगको समानुपातिक…

Read More

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदीकिनारमा थप २० मिटर सीमा कायम गर्नुपर्ने आफ्नै फैसला उल्ट्याएकाे छ। न्यायाधीशहरू सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले यसअघिको फैसला केही उल्टी गरेको हो। ३ पुस ०८० मा सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले खोला क्षेत्रमा थप २० मिटर जग्गा छाड्नुपर्ने भन्दै परमादेश जारी गरेको थियो। सो फैसला कानुन र न्यायको रोहमा मिलेको नदेखिएकाले उल्ट्याउन सर्वोच्चको पूर्ण इजलासले आइतबार संक्षिप्त आदेश जारी गरिदिएको हो। ‘बागमती नदी र यसका सहायक नदीका हकमा २०६५/०८/०१ मा मन्त्रिपरिषदद्वारा निर्धारित मापदण्डबाहेक दायाँबायाँ अर्को थप २० मिटर छाडेर मात्र नक्सा पास अनुमति दिने, कुनै नदी…

Read More

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू गर्ने भएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनमा ल्याउन लागिएको आयोगले जनाएको छ। उम्मेदवारी मनोनयनको मिति माघ ६ गते तोकिएको छ। यसअघि नै निर्वाचन आचारसंहिता २०८२ राजपत्रमा प्रकाशित भइसकेको छ। आचारसंहिता प्रभावकारी रूपमा लागू गर्न आइतबार आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूसँग छलफलसमेत गरेका थिए। आचारसंहिता लागू भएसँगै संघ, प्रदेश र स्थानीय तहका सरकार, सरकारी निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार तथा मतदातासम्म यसको दायरा विस्तार हुनेछ। सार्वजनिक पद धारण गरेका व्यक्तिका साथै निजी तथा गैरसरकारी संस्थाका पदाधिकारी…

Read More

काठमाडौं । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावको लागि उम्मेदवार छानेको छ । शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनका अनुसार उम्मेदवार चयन गर्न बाँकी क्षेत्रमा टुङ्ग्याउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका अनुसार, पर्सि मङ्गलवार उम्मेदवारहरूको मनोनयन हुँदैछ । एमालेले भावी प्रधानमन्त्रीका रूपमा पार्टीको तर्फबाट अध्यक्ष केपी शर्मा ओलीलाई नै अघि सार्ने निर्णय पनि गरेको छ । अध्यक्ष ओली यसपटक पनि साविककै निर्वाचन क्षेत्र झापा ५ बाट उम्मेदवार बन्नेछन् । यसैबीच अध्यक्ष केपी शर्मा ओलीले गएको महाधिवेशनका प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा…

Read More

काठमाडौं । राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालयमाअधिवेशन सञ्चालन गर्ने तयारी गरिएको हो । आजको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका छन् । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता…

Read More

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न ६ निर्णय गरेको छ। नयाँ बानेश्वरको अर्पन ब्यांक्वेटमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि प्रवक्ता देवराज चालिसेले निर्णय सार्वजनिक गरे । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले गरेका निर्णयहरू १ निर्वाचन आयोगले नेपाली काग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानून र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको छ। यो कसैको जित-हार होइन, यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो वैठक हार्दिक आभार व्यक्त गर्दछ । २ . यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश-विदेशमा रहेका सवै कांग्रेसजन, सवै…

Read More

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्यसमितिको बैठक शनिबार विहान ८ बजे सानेपामा बोलाइएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सबै ७ प्रदेश कार्यसमितिका सभापतिहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Read More