Author: हाम्राे हेडलाइन

काठमाडौं । नेपाल र ओमान आइसीसी टी-२० विश्वकप २०२६ को लागि छनोट भएका छन् । सुपर सिक्स अन्तर्गत आज सम्पन्न खेलमा युएईले सामाओलाई पराजित गरेसँगै नेपाल र ओमान विश्वकपमा छनौट भएका हुन् । अब नेपाल र ओमान भारत र श्रीलंकामा आगामी माघ २४ देखि फागुन २४ सम्म आयोजना हुने विश्वकपमा सहभागी हुने छन् । एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनौट हुने तेस्रो देशको टुंगो भोली हुने युएई र जापानबीचको खेलबाट लाग्ने छ । त्यस्तै कतार र सामाओ भने विश्वकपको छनौट दौडबाट बाहिरिएका छन् । आज केहीबेरपछि सुपर सिक्सको खेल अन्तर्गत नेपाल र ओमान भिड्दैछन् ।

Read More

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएकाे हाे । भेपबाट सुन तस्करी गरेको आरोपमा महरा गत आइतबार (असोज २६ गते) निवासबाटै पक्राउ परेका थिए ।

Read More

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालयका लेखा शाखामा भएका सम्भावित क्षति सम्बन्धी विवरण तीन दिनभित्र पठाउन परिपत्र गरेको छ। मन्त्रालयले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त पत्रका आधारमा राष्ट्रिय किताबखाना, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, आदिवासी जनजाति उत्थान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, तराई–मधेश समृद्धि कार्यक्रम तथा देशभरका जिल्ला समन्वय समिति कार्यालयहरूलाई सो विवरण पठाउन निर्देशन दिएको हो। महालेखापरीक्षकको कार्यालयले असोज २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा क्षति पुगेको सूचनालाई दृष्टिगत गर्दै लेखा शाखामा रहेका लेखापुस्तक, दस्तावेज, अभिलेख र स्रेस्ता क्षति भए वा नभएको अवस्थाबारे जानकारी मागेको थियो। मन्त्रालयको…

Read More

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्दै समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्। भेट राष्ट्रपति कार्यालय शीतल निवासमा भएको थियो, जहाँ मुख्यत: अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५१ औं महासभामा नेपालको संघीय संसदको प्रतिनिधि मण्डलको सहभागिता र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा वार्ता भएको राष्ट्रिय सभाले जनाएको छ। स्वीट्जरल्यान्डको जेनेभामा अक्टुबर १९–२३ मा हुन लागेको महासभामा विश्वका १८१ देशका संसदहरू सहभागी हुनेछन्। यस अवसरमा राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा संघीय संसदको प्रतिनिधि मण्डल जाने तय भएको छ। यसअघि आइतबार अध्यक्ष दाहालले महासभामा सहभागिता र राष्ट्रिय सभा निर्वाचनबारे जानकारी तथा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीसँग…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको एजेण्डामै देशलाई अघि बढाउने बताएका छन्। धादिङको थाक्रे गाउँपालिकामा आयोजित पार्टी बैठकमा सम्बोधन गर्दै प्रचण्डले देश अहिले संकटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै, माओवादी केन्द्र संविधान, गणतन्त्र र जनताको पक्षमा दृढ उभिएको बताए। उनले जेन्जी आन्दोलनलाई पार्टीले मात्र समर्थन नभई त्यसका असली प्रतिनिधि आफूहरू भएको प्रमाणित भएको दाबी गरे। उनले भने, “निर्वाचन नहुने हो कि भन्ने आशंका राख्नुहुँदैन, निर्वाचन घोषणा भइसकेको छ, अब हाम्रो पार्टी त्यसका लागि तयारीमा लाग्नुपर्छ।” प्रचण्डले आगामी समयमा पाँच वटा पार्टीसँग एकता प्रक्रिया अघि बढाउने संकेत पनि गरे। पार्टी नेतृत्वले जेन्जीका माग अनुसार युवाहरूलाई नेतृत्व तहमा…

Read More

काठमाडौं । बुधबार सेयर बजार राताम्मे बनेको छ। नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५.५८ विन्दुमा पुगेको छ। आज बजारमा २०६ वटा सेयरको मूल्य घट्दा ४० वटा मात्र सेयरको मूल्य बढेको छ। पाँच कम्पनीको मूल्य भने अघिल्लो मूल्यमै स्थिर रह्यो। आज ७६ लाख ११ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ। आजको कारोबारमा समता घरेलु लघुवित्त, एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, क्रेस्ट माइक्रोलाइफ र मातृभूमि लघुवित्तका सेयर अधिकतम ६.९३ प्रतिशतसम्मले बढेका छन्। तर समाज लघुवित्त र विन्ध्यावासिनी हाइड्रोको सेयरमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा छ, जसको आज २०…

Read More

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिक्रान्तितर्फ धकेलिएको भन्दै समयमै सचेत हुनुपर्ने बताएका छन्। बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले देशलाई बर्बादीतर्फ जानबाट रोक्न अब सबैले जिम्मेवारीपूर्वक कदम चाल्नुपर्ने बताए। उनले भने, “यदि हामीले प्रभावकारी ढंगले रोक्न सकेनौं भने देश त्यतातर्फ धकेलिएको छ र बर्बादीतर्फ गइरहेको छ। यस अवस्थालाई अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त र विकासोन्मुख बाटोमा फर्काउन आवश्यक छ।” अध्यक्ष ओलीले हालको जेनजी आन्दोलनका क्रममा नेकपा (एमाले) सबैभन्दा बढी प्रहारको निशाना बनेको दाबी गरे। उनका शब्दमा, “हामी प्रहारको बढी निशानामा परेका छौं। किन निशाना परेका छौं? हामीले नराम्रा काम…

Read More

काठमाडौं ।  नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ५० हजार नजिक पुगेको छ। अघिल्लो दिन मंगलबार २ लाख ४८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको प्रतितोला सुनको मूल्य आज २ लाख ४८ हजार ९०० कायम भएको हो। यो हालसम्मकै उच्च मूल्य हो। यसदिन चाँदीको भाउ भने घटेको छ।  बुधबार प्रतितोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँ कायम भएको छ। मंगलबार सोही परिमाणको चाँदी ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको  थियो।

Read More

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्रै विदेश जाने विद्यार्थीले रु ३२ अर्ब ७६ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम रु २८ अर्ब २० करोड थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव छ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ४३ अर्ब १८ करोड रहेको थियो । यस्तै, खुद सेवा आय रु ३१ अर्ब १६ करोडले घाटामा रहेको छ ।…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो १५औं महाधिवेशनबाट पार्टीको नेतृत्व छोड्ने घोषणा पुनः दोहोर्‍याएका छन्। जेनजी आन्दोलनपछि पहिलोपटक मंगलवार पार्टी मुख्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका देउवाले पार्टीमा नेतृत्व हस्तान्तरणको विषय उठिरहेको उल्लेख गर्दै आफू अब सभापति पदमा नरहने स्पष्ट पार्नुभयो। देउवाले घरमा सधैं एउटै मूली रहँदैन भन्ने दृष्टान्त दिँदै भने, “घरमा सधैं एउटै मूली रहँदैन, पार्टीमा पनि सधैं एउटै सभापति रहँदैन। मैले पहिले नै भनेको छु — १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्छु। आउँदो महाधिवेशनपछि मबाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन।” उहाँले यसअघि पनि १५औं महाधिवेशनपछि नयाँ पुस्तालाई…

Read More