Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-flickr.php on line 16
About
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Notice: Undefined index: title in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 27
Notice: Undefined index: order in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-latest-reviews.php on line 39
ktkgkgkg
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत्का प्रवर्तक शंखधर सा:ख्वा परोपकारी र लोककल्याणकारी व्यक्ति भएको…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार ‘जेनजी आन्दोलन’को मर्म र मूलभावनाभन्दा बाहिर नजाने प्रतिबद्धता…
काठमाडौं । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत् रु ४८ लाख ५८…
कञ्चनपुर । कञ्चनपुरका युवा विपिन जोशीको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । कञ्चनपुरकाे…
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 26
Notice: Undefined index: sidebar in /home/hamrohea/domains/hamroheadline.com/public_html/wp-content/plugins/smartmag-core/widgets/widget-tabber.php on line 29
- निर्वाचन सम्पन्न गर्नु हामी सबैको दायित्व होः प्रधानमन्त्री
- भ्रष्टाचारीमाथि कारबाही नगरिए अर्को आन्दोलन गर्ने ‘जेनजी’को चेतावनी
- जेनजी आन्दोलनका घाइतेलाई भैपरी खर्चवापत् २० हजार सहयोग, ४८ लाख रुपैयाँ निकासा
- विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- प्रधानमन्त्री सुशीला कार्की आज दलहरूसँग निर्वाचनबारे छलफल गर्दै
- जेनजीसहित आयोगमा दल दर्ताका लागि थप ३ निवेदन
- त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गरिन्छ: मन्त्री पुन
- विपिन जोशीको शव काठमाडौं ल्याइयो
- आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
- विपिनको शव सोमबार नेपाल आइपुग्ने, सरकारले श्रद्धाञ्जलि दिने
Author: हाम्राे हेडलाइन
एजेन्सी । हमासले पहिलो चरण र दोस्रो चरणमा गरेर कुल २० बन्धकलाई रिहा गरेको छ । हमासले सोमबार पहिलो चरणमा ७ जना र दोस्रो चरणमा १३ जना जीवित बन्धकलाई रिहा गरेको हो । हमासले उत्तरी गाजाबाट ७ जना र १३ जनालाई दक्षिणी गाजाबाट अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई हस्तान्तरन गरेको हो । पहिलो चरणमा माटन एङ्गरस्ट, एलोन ओहेल, इटान मोर, गाली र जिभ बर्मन, ओम्री मिरान र गाय गिल्बोआ–दलाललाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । इजरायली सेनाले १३ जना बन्धक हमासले रेडक्रसलाई हस्तान्तरण गरेको जानकारी दिदै उनीहरुलाई सेनाको ब्यारेकमा लगिन लागेको बताएको छ ।
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।
काठमाडौं । साताको दोस्रो सेयर कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा अडिएको छ। नेप्से दोहोरो अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३३० स्क्रिप्सको ९९ लाख ४ हजार ८७४ कित्ता सेयर ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ रुपैयाँमा खरिदबिक्री भए। आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घटेर २५०३.३५ विन्दुमा अडिएको थियो। सो दिन ६ अर्ब ७० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल माइक्रो इन्स्योरेन्स,नेपाल रिइन्स्योरेन्स र क्रिष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले…
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलको सर्वोच्च नागरिक सम्मान ‘इजरायली प्रेसिडेन्सियल मेडल अफ अनर’ प्रदान गरिने भएको छ। इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले सोमबार आफ्नो कार्यालयमार्फत जारी गरेको विज्ञप्तिमार्फत ट्रम्पलाई उक्त सम्मान प्रदान गर्ने घोषणा गरेका हुन्। राष्ट्रपति हर्जोगका अनुसार ट्रम्पले गाजाबाट बन्धकहरूको रिहाइमा महत्वपूर्ण भूमिका खेलेका र युद्ध अन्त्यका प्रयासमा उल्लेखनीय योगदान पुर्याएका कारण यो पुरस्कार प्रदान गर्न लागिएको हो। राष्ट्रपति हर्जोगले विज्ञप्तिमा भनेका छन्, ‘आफ्नो अथक र निष्ठापूर्ण प्रयासद्वारा राष्ट्रपति ट्रम्पले हाम्रा प्रियजनहरूलाई घर फर्काउन मात्र सहयोग गर्नुभएन, उहाँले सुरक्षा, सहकार्य र शान्तिपूर्ण भविष्यमा आधारित नयाँ मध्यपूर्वको युगको जग समेत बसाल्नुभएको छ।’ उनका अनुसार यो पुरस्कार आगामी महिनाहरूमा…
काठमाडौं । लमजुङमा अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ । आइतबार साँझ अरिङ्गालले टोकेर घाइते भएका बेँसीसहर नगरपालिका–११ चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गएराति उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद जोशीले बताए । उनले भने, “बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिङ्गाललले टोकेर घाइते हुनुभएको थियो, तत्काल उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियो ।” जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शवपरीक्षण चितवनमा नै हुने र त्यहीँबाट परिवारले बुझ्ने बताए ।
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला तीन हजार २२० मा खरिदबिक्री हुनेछ। आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार र चाँदी प्रतितोला तीन हजार एक सय २५ मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ ।
काठमाडौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा जानकारी दिएको छ। इजरायली सेना (आईडीएफ) का एक अधिकारीले आज बिहान इजरायलको स्थानीय समय अनुसार साढे ७ बजे विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएका हुन्। उक्त जानकारी इजरायली अधिकारीहरूले नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पा जोशी, नेपालमा रहेका दाजु किशोर जोशी र इजरायलका प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई भिडियो कन्फरेन्समार्फत दिएका हुन्। ‘हामीलाई फोन गरेर जानकारी दिइयो कि विपिन अब जीवित छैनन्,’ राजदूत पण्डितले नेपाल लाइभसँग भने, ‘त्यसपछि अमेरिकामा रहेकी उनकी बहिनी र नेपालमा रहेका आफन्तहरूलाई पनि भिडियो कन्फरेन्समार्फत जानकारी गराइयो।’…
काठमाडौं । हमासले आज छुट्ने २० जना जीवित बन्धकहरूको सूची सार्वजनिक गरेको छ। सोमबार बिहान हमासले इसराइललाई आज छुट्ने २० जना बन्धकको सूची दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। सूचीमा विपिन जोशीको नाम भने छैन। यी हुन् आज छुट्ने २० बन्धक : बार अब्राहम कुपरस्टाइन,एव्यातार डाभिड,योसेफ–खाइम ओहाना,सेगेभ काल्फोन,अविनातान ओर,एल्काना बोहबोट,म्याक्सिम हर्किन,निम्रोड कोहेन,मतान एङ्ग्रेस्ट,मतान जाङ्गाउकर,एतान हर्न, एतान अब्राहम मोर,गाली बर्मन, जिभ बर्मन,ओम्री मिरान, अलोन ओहेल, गाय गिल्बोआ–डालाल, रोम ब्रासलाभ्स्की, एरियल कुनियो, डाभिड कुनियो ।
काठमाडौं । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोट अन्तर्गत नेपाल आज राति ८:४५ बजे कतारसँग खेल्दैछ। खेल ओमान क्रिकेट एकेडेमीमा हुने छ। नेपालले शीर्ष-६ समूहको दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा आइतबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध रोमाञ्चक एक रनको जित निकाल्दै शानदार प्रदर्शन गरेको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै शीर्ष-६ मा प्रवेश गर्दा २ अंक बटुलेको थियो। युएईविरुद्धको जितसँगै नेपालको खातामा ४ अंक पुगेको छ। नेपालको विश्वकपमा छनोट हुने सम्भावना युएईविरुद्धको जितपछि अझ बलियो बनेको छ। शीर्ष स्थानमा रहेको ओमानसँग पनि ४ अंक छन्। आगामी खेल तालिका दोस्रो खेल: नेपाल…
काठमाडौं । आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले युएईमाथि १ रनको रोमाञ्चक जित हात पारेको छ । शनिबार भएको खेलमा नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा युएई २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै रोकियो। अन्तिम बलमा तीन रन आवश्यक परेका बेला युएईले एक रन मात्रै जोड्न सकेपछि नेपाल विजयी भयो। नेपालका दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३ विकेट लिए। सोमपाल कामी, गुल्शन झा र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनायो। ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको…
लिङ्कहरू
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
© २०२३ Hamroheadline.com सर्वाधिकार सुरक्षित