Author: हाम्राे हेडलाइन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आगामी माघ ४ गते बिहान ११ बजे बस्नेगरी अधिवेशन आह्वान गरेका हुन् । बैठक संघीय संसद सचिवालय, सिंहदरबारमा आह्वान गरिएको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्जले माघ १ गतेदेखि स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवा रोक्ने निर्णय गरेको छ। अस्पतालले बिरामीको उपचार गर्दाको रकम बीमा बोर्डले अहिलेसम्म उपलब्ध नगराएको भन्दै माघ १ गतेदेखि सेवा रोक्न बाध्य भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । शिक्षण अस्पतालले जारी सूचनामा स्वास्थ्य बीमा सेवा लिन आउने बिरामीको संख्या र चाप बढ्दै गएको तर, तर बोर्डले रकम उपलब्ध नगराउँदा घाटा भएको उल्लेख छ। अस्पतालले मासिक औसत ५ करोड खर्च भए पनि बोर्डले ५० प्रतिशत मात्रै दाबी रकम उपलब्ध गराएकाले उपचार गर्न नसकिने अवस्था भएको जनाएको छ । अहिलेसम्म ४० करोड बीम बापतको रकम भुक्तानी गर्न…

Read More

काठमाडौं । सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनको अनुसार बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । उनले भने,‘मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७ स्वीकृत गर्ने निर्णय गरेको छ।’ त्यस्तै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३…

Read More

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन प्रक्रिया तत्काललाई रोक्न अदालतले आदेश दिएको छ । निर्वाचनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै अमित खत्रीले दायर गरेको रिटका पक्षमा न्यायाधीश कृपासुर कार्कीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो । यस्तै अदालतले माघ ६ गते दुवै पक्षलाई अन्तरिम आदेश छलफलमा झिकाएको छ । त्यो दिन दुवै पक्ष सहभागी भएपछि एन्फा निर्वाचनको प्रक्रिया अगाडि बढ्ने नबढ्ने टुंगो लाग्नेछ । त्यो अवधिसम्म यसअघिको सूचना अनुसार उम्मेदवारी दर्ता फारम बुझ्ने लगायतका निर्वाचन सम्बन्धी कुनै पनि प्रक्रिया अगाडि नबढाउन अदालतले भनेको हो । एन्फाले पुस २५ गते निर्वाचन तालिका सार्वजनिक गरेको थियो । एन्फाको वर्तमान…

Read More

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिव र ५७ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले सोमबार विभिन्न निकायमा कार्यरत उपसचिव र शाखा अधिकृतहरूको सरुवा गरेको हो ।

Read More

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन्। भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले आफ्नो समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका हुन्।

Read More

काठमाडौैं । एतिहासिक र कठिन मोडमा उभिएको कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र जारी छ । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले ‘बदलिएको देश–बदल्नुपर्ने कांग्रेस । सद्भाव, सुशासन र समुन्नतिको नवीन यात्रा’ नारासहितको प्रस्ताव राखेका हुन् । उनले पार्टीको पुरानो पुस्ताबाट आम नागरिक र पार्टीमा आस्था राख्नेहरुमा निराशा ल्याएको भन्दै त्यसलाई चिर्न विशेष महाधिवेशन गरिएको स्पष्ट पारेका छन् । साथै कांग्रेसलाई नवीन रुपमा अघि बढाउन रोडम्याप समेत विशेष महाधिवेशनले तय गर्ने उल्लेख गरिएको छ । ‘आशा टुट्यो र निराशा झ्याङ्गियो भने देश बन्दैन । थकित र निराश व्यक्तिले परिवार चलाउन सक्दैन । इँटा र रडले भन्दा पारिवारिक प्रेम र विश्वासले बलियो…

Read More

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सोमबार सुन एकैदिन तोलामा चार हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार १९५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो । जुन हालसम्मकै उच्च हो ।

Read More

काठमाडौं । तनहुँको आबुँखैरेनी गाउँपालिका–५ दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा पुरिएको अवस्थामा फेला परेको बसको अवशेष उत्खनन गर्ने काम सोमबार पनि निरन्तर रहने भएको छ। गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डमा गएको पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अगाडिको भाग आइतबार बिहान करिब १०:३० बजे नदी किनारमा देखिएको थियो। प्रारम्भिक अनुमानअनुसार उक्त बस काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ रहेको प्रहरीले जनाएको छ। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आबुँखैरेनी र साराङघाटबाट खटिएको प्रहरी टोलीले आइतबार दिनभर उत्खनन कार्य गरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार पनि उत्खनन तथा अनुसन्धान…

Read More

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र आजबाट सुरु हुँदैछ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सुरु गरेको विशेष महाधिवेशनको उद्घाटन सत्र आइतबार सम्पन्न भएको थियो। उद्घाटन सत्रमा महामन्त्रीभन्दा माथिल्लो तहका नेताहरूको सहभागिता भने देखिएको थिएन। बन्द सत्रमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुने भन्दै प्रचार भए पनि उक्त सूचना सत्य नभएको देउवाको सचिवालयले स्पष्ट पारेको छ। देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत भ्रम फैलाएका हुन्। देउवाको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा…

Read More