काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सोमबार सुन एकैदिन तोलामा चार हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार १९५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो । जुन हालसम्मकै उच्च हो ।

