काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७८०० र चाँदी ११५ रुपैयाँले घटेको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ५०० र सेतो धातुको मूल्य चार हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको हो।
बिहीबार एक तोला सुन तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम भएको थियो। गत बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार १५० कायम थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

