काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा बुधबार गैंडाकोट–विजय चोकस्थित सहमति (संस्था) मा सम्पन्न भएको छ। साधारण सभा संस्थाका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।
सभाको सञ्चालन कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले गरेका थिए। उनले उपस्थित सञ्चालक, अतिथि तथा सम्पूर्ण शेयरधनीलाई स्वागत गरेका थिए ।
साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै मर्जर तथा एक्विजिसनसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको छ। साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ।
सभाबाट निर्वाचन अधिकृत कृष्णप्रसाद खनालद्वारा आगामी कार्यकालका लागि विष्णु कुमार घिमिरे, रामकृष्ण डंगोल, रमेश कर्मचार्य र शशी तिमल्सीनालाई निर्विरोध सञ्चालक समितिमा निर्वाचित गरिएको जानकारी गराइएको थियो।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण सञ्चालक, अतिथि तथा शेयरधनीप्रति धन्यवाद ज्ञापन गर्दै साधारण सभा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरिएको थियो।

