काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लेखा परीक्षण प्रतिवेदन र वार्षिक बजेट पारित गरेको छ ।
एन्फा कम्प्लेक्स, सातदोबाटोमा आज बसेको कार्यसमिति बैठकले लेखा परीक्षण प्रतिवेदनसहित सन् २०२६ को बजेट पनि पारित गरेको हो।
बैठकले आर्थिक वर्ष २०८१/८२ को संघको लेखा परीक्षण प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बराबरको बजेट स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

