Author: हाम्राे हेडलाइन

काठमाडौं । सवारी साधनको दर्ता, नामसारी तथा बीमा प्रक्रियालाई सहज र सेवाग्राहीमैत्री बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको छ। संशोधित व्यवस्थाअनुसार अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारी दर्ता, नामसारी, बीमा तथा बीमा नवीकरणसम्बन्धी काम गर्न सकिनेछ। नयाँ व्यवस्थाले सवारी साधन खरिदबिक्री तथा त्यससँग सम्बन्धित प्रशासनिक प्रक्रिया पूरा गर्न सेवाग्राहीले भोग्दै आएका झन्झट कम गर्ने अपेक्षा गरिएको छ। यसबाट समयको बचत हुनुका साथै यातायात कार्यालयमा हुने अनावश्यक दौडधुपसमेत घट्ने विश्वास गरिएको छ। संशोधित व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। यसअघि डिलरबाट जाँच भइसकेका सवारी साधनलाई समेत यातायात…

Read More

राजेन्द्र राना वर्षभरि मानिस आफ्नो काम, पढाइ, व्यवसाय र जिम्मेवारीको पछि दौडिरहेको हुन्छ । बिहानको हतार, दिनभरको व्यस्तता र साँझको थकानसँगै जीवन अगाडि बढिरहेको हुन्छ । तर जब आकाशमा शरद ऋतुको निलोपन देखिन थाल्छ, मौसममा चिसोपन मिसिन थाल्छ र गाउँघरमा चाडपर्वको तयारी सुरु हुन्छ, तब शहरमा बसेको मानिसको मन भने विस्तारै घरतिर फर्किन थाल्छ । मनले भन्न थाल्छ ,अब घर जानुपर्छ, आफ्ना मानिसहरूसँग भेट्नुपर्छ, गाउँको आँगनमा केही दिन बिताउनुपर्छ । नेपालमा मनाइने विभिन्न चाडपर्वमध्ये बडादसैं, तिहार र छठ विशेष धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेका पर्व हुन् । यी पर्व केवल पात्रोमा आउने केही विशेष दिन होइनन् । यी हाम्रा…

Read More

गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीको स्रोत समुद्री सतहबाट ५ हजार ५०० देखि ६ हजार ५०० मिटर उचाइमा रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार उच्च हिमाली क्षेत्रमा पहिरो वा हिमपहिरो खसेपछि नदीमा आकस्मिक बाढी आएको हुन सक्ने देखिएको हो। केन्द्रले आइतबार राति सार्वजनिक गरेको ‘स्थिति प्रतिवेदन–१’ मा उच्च हिमाली क्षेत्रबाट सुरु भएको पहिरो वा हिमपहिरोले ३ हजार ५०० मिटरभन्दा बढीको ठाडो उचाइ पार गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेनजिक स्यार खोलासम्म प्रभाव पारेको उल्लेख छ। स्यार खोला बूढीगण्डकी नदीको सहायक नदी हो। प्रतिवेदनअनुसार बूढीगण्डकी र स्यार खोलाको तल्लो उपत्यका समुद्री सतहबाट…

Read More

काठमाडौं । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यास वितरण हुने स्थान ६ बाट बढाएर ११ पुर्‍याइएको छ। दसैँका बेला उपभोक्तालाई ग्यासको अभाव हुन नदिन नेपाल आयल निगमको समन्वयमा ग्यास बिक्रेता महासंघले आइतबारदेखि सुरु गरेको ग्यास बिक्री तथा सिलिन्डर साटफेर व्यवस्था विस्तार गरेको हो। आइतबार काठमाडौँ उपत्यकाका ६ स्थानमा मात्रै ग्यास साट्ने व्यवस्था गरिएको थियो। पर्याप्त ग्यास उपलब्ध नहुँदा कतिपय उपभोक्ता रित्तो हात फर्किनुपरेपछि उपभोक्ताको सुविधाका लागि सोमबारदेखि थप पाँच स्थानमा वितरण केन्द्र सञ्चालन गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघका अनुसार सोमबारदेखि काठमाडौँको चपली बुढानीलकण्ठमा भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसीबजारस्थित आरके…

Read More

काठमाडौं । यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः हमला गरेका छन्। आइतबार भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। मृतक पाकिस्तानी नागरिक रहेको रोयटर्सले जनाएको छ। आइतबार विमानस्थलका टर्मिनल ३ र टर्मिनल ४ लाई लक्षित गरी आक्रमण गरिएको थियो। यी दुवै टर्मिनलबाट आन्तरिक उडान सञ्चालन हुँदै आएका छन्। आक्रमणपछि विमानस्थल प्राधिकरणले घटनाबाट भएको क्षति र सुरक्षा अवस्थाबारे अनुसन्धान थालेको छ। विमानस्थलमा रहेका एक यात्रुका अनुसार तोपखानाको गोलाबाट प्रहार गरिएको प्रक्षेपण पार्किङमा राखिएका विमाननजिकै धावनमार्गमा खसेको थियो। प्रक्षेपण खसेपछि त्यहाँ आगलागीसमेत भएको उनले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार घटनापछि उडानका लागि तयार…

Read More

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पादेखि चुम्लिङको बीचमा गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको छ भने खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। बाढीले झोलुंगे तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण र आसपासका घरहरू बगाएको छ। बाढीको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी (पूर्व)…

Read More

काठमाडौं । आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक शृंखलामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ। आइतबार भएको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो। क्यानडालाई कम स्कोरमा रोक्ने क्रममा नेपालका करण केसी, ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछानेले समान दुई विकेट लिए। क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५, श्रेयास मोभ्भा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे। अखिल कुमार ३० रनमा अविजित रहे। त्यसअघि ओमानको अल अमेरेट क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५०…

Read More

काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) लाई र जगदम्बा–श्री सम्मान गीतकार किरण खरेललाई प्रदान गरेको छ। घटनास्थापनाको दिन आइतबार आयोजित कार्यक्रममा ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तकका लेखक जोशीलाई मदन पुरस्कार र नेपाली गीत लेखनमा योगदान पुर्‍याएका खरेललाई जगदम्बा–श्री सम्मान प्रदान गरिएको हो। विराटनगरमा जन्मिएर काठमाडौंमा हुर्किएकी जोशी नृत्य कलाविद् हुन्। उनको ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक एक हजार चार सय पृष्ठको छ। १७ खण्डमा विभाजित पुस्तकमा काठमाडौं उपत्यकाभित्रका लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवीदेवताका मुकुण्डो नाचहरू (ख्वपाः प्याखं) र तिनका गुरुहरूको इतिहास समेटिएको छ। त्यस्तै, नेपाली गीत लेखनमा ६ दशकभन्दा लामो समयदेखि समर्पित रहँदै नेपाली…

Read More

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि जति प्रहार भए पनि नढल्ने बताएका छन्। एमालेको सम्पर्क विशेष संगठन कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सम्बोधनका क्रममा ओलीले महाभारतका भीष्म पितामहको प्रसंग उल्लेख गर्दै आफूमाथि पनि अनेक प्रहार भएको बताए। नजिक आएर कमरेड भन्नेहरूले समेत आफूलाई धोका दिएको उनको भनाइ थियो। जति प्रहार भए पनि आफू नढल्ने दाबी गर्दै उनले भने, ‘भीष्म पितामह शरशय्यामा ढलेका थिए, धेरै बुढो भइसकेका थिए। म त्यति बुढो भएको छैन, ढल्दिनँ, जति हाने पनि ढल्दिनँ।’ ओलीले आफ्नो साढे पाँच दशकभन्दा लामो…

Read More

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीपछि पाँच जना सम्पर्कविहीन भएका छन् भने ४७ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार जारी गरेको प्रेस नोटअनुसार खोज तथा उद्धार कार्यका लागि ४३७ सुरक्षाकर्मी र नेपाली सेनाका चारवटा हेलिकोप्टर परिचालन गरिएका छन्। प्राधिकरणका अनुसार गोरखाको चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएपछि लेदोसहितको बाढी आएको हो। बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उहिलुङ निवासी भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ जना सुरक्षाकर्मी परिचालन…

Read More