काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच आज औपचारिक वार्ता हुँदैछ । वार्ता बिहान ९ बजेपछि गृह मन्त्रालयमा हुने तयारी छ । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै अस्ति बुधवारदेखि शिक्षकहरु आन्दोलनमा छन् । यसअघि हिजो पनि आन्दोनरत शिक्षकहरुसँग छलफल भएको थियो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घसँग सकारात्मक छलफल भइरहेकाले आजै सहमतिको प्रयास गर्ने जानकारी दिए । शिक्षकहरुको आन्दोलनका कारण आज पनि देशभरका धेरैजसो सामुदायिक विद्यालय बन्द हुने भएका छन् ।