काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतमा हुने क्रिकेट विश्वकपका लागि पुरस्कार रकम घाेषणा गरेकाे छ ।
आईसीसीले विजेता टिम र अन्य टिमले पाउने पुरस्कार राशिकाे घाेषणा गरेकाे हाे । आईसीसीका अनुसार विजेता टिमले ट्रफीसँगै ४० लाख अमेरिकी डलर (५३ कराेड रुपैयाँभन्दा धेरै) पाउने छन् ।
यस्तै उपविजेता टिमले २० लाख डलर पाउने छन् । यसैगरी प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेर पराजित हुने २ वटा टिमले ८/८ लाख डलर पाउने छन् ।
समूह चरणबाटै बाहिरिने ६ टिममध्ये हरेकले १ लाख डलर पाउने आईसीसीले जनाएकाे छ । यस्तै समूह चरणकाे खेल जित्ने टिमले हरेक खेलबापत ४० हजार डलर पाउने छन् ।
याे प्रतियाेगिताकाे क्रममा कुल १ कराेड डलर बराबरकाे पुरस्कार राशि बाँडिने आईसीसीले जनाएकाे छ ।