काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तिमगर पनि अस्ट्रेलिया लागेका छन्। उनी आज उज्ज्वल भविष्यको खोजीले अस्ट्रेलिया लागेका हुन्।
अब राष्ट्रिय टिममा विमलसँगै खेलेका अञ्जन विष्ट, अनन्त तामाङ, एरिक विष्ट, किरण लिम्बू र रोहित चन्द मात्र छन्। उनी आसन्न नेपाल सुपर लिगमा मार्की खेलाडीको सम्झौता रद्द गर्दै अस्ट्रेलिया लगाएका हुन्। उनी ललितपुर सिटी एफसीका मार्की खेलाडी थिए।
पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन्। दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकसिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका ३५ भन्दा बढी खेलाडीहरू विदेशिएका छन्।
सन् २०१२ देखि राष्ट्रिय टिमको सदस्य रहेका २५ वर्षीय विमेलले नेपालका लागि ३९ खेलमा ९ गोल गरेका छन्। उनी पछिल्लो मछिन्द्र फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्थे।