काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ। काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने आजको खेल बिहान ११ बजे सुरु हुनेछ।
नेपालले सिरिजको दोस्रो खेलमा हङकङसँग खेल्न लागेको हो। यसअघि नेपालले आफ्नोप पहिलो खेलमा बुधवार यूएईलाई ७ विकेटले पराजित गरेर सानदार सुरुआत गरेको थियो।
कप्तान रोहित पौडेलको अर्धशतकीय इनिङ्समा नेपालले यूएईलाई हराउन सक्यो। टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट सङ्घ क्यानले सिरिजको आयोजना गरेको हो। रिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन्। सिरिजको फाइनल खेल कात्तिक १० गते शुक्रवार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।