काठमाडौं । यूएईलाई हराउँदै नेपाल आउँदाे वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनाेट भएकाे छ ।
शुक्रवार मूलपानी क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायाे । नेपाल र यूएईकाे छनाेटकाे सेमिफाइनल खेल हेर्न उल्लेख्य समर्थककाे उपस्थिति रहेकाे थियाे ।
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनाेट भएकाे हाे । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनाेट हुन सकेको थिएन ।