काठमाडौं । नेपाली क्रिकेट टोलीका बलर सोमपाल कामीले विश्वकपमा स्थान बनाएको खुसीलाई शब्दमा ब्याख्या गर्न नसकिने बताएका छन्।
एसियाली छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सन् २०२३ ले नेपाली क्रिकेटलाई धेरै राम्रो चिज दिएको टिप्पणी गरे।
‘यो फिलिङ शब्दमा भन्नै सक्दिँन। २०२३ ले धेरै चिज देखियो। मैले हिजोदेखि नै भगवानसँग प्रे गरिरहेको थिएँ, उनले भने, ‘नेपाललाई राम्रो ठाउँमा पुर्याऔं भन्ने प्रे गरिरहेको थिएँ।’