काठमाडौं । चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य अगाडि बढ्ने भएको छ । उक्त रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको हो ।
मंगलबार बागमती प्रदेश र महानगरका पदाधिकारीसहितको बैठकले उक्त रंगशाला निर्माण गरेर सन्चालनमा ल्याउने सहमतिमा हस्ताक्षर समेत भएको छ । सोहि बैठकले रंगशाला निर्माणका लागि यसअघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी संघीय सरकार र महानगरपालिकाले व्यवस्थापन गर्ने निर्णय गरेको समेत बताइएको छ ।
महानगरपालिकाले तयार पारेको लागत अनुसास उक्त रंगशाला निर्माणका लागि ७५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने छिट्टै नै ठेक्का आह्वान गरी निर्माणको काम अघि बढाइने निर्णय गरेकोे छ ।