एजेन्सी । गाजामा युद्ध समाप्त गर्न इजरायल सहमत नभइन्जेल थप बन्धक रिहा नगर्ने हमासले जनाएको छ। ‘आक्रमण नरोकिउन्जेल कैदी साटफेरका विषयमा वार्ता नगर्ने निर्णय भएको छ,’ हमासले जारी गरेको वक्तव्यमा भनिएको छ।
युद्धविरामका लागि अहिले प्रयास भइरहेको छ। इजिप्टको कायरोमा मध्यस्थकर्ताहरुले युद्ध रोक्न प्रयास गरिरहेका छन्। तर, बुधबारको सुरुवाती वार्ता असफल भएको छ।
हमासले ती वार्ताहरुमा अस्थायी युद्धविरामका लागि आफूहरु सहमत नहुने बताएको छ। नोभेम्बर अन्त्यमा गरिएको ६ दिने युद्धविराममा १०५ इजरायली बन्धकलाई हमासले रिहा गरेको थियो।
अहिले हमाससँग करिब १२० बन्धक छन्।