एजेन्सी । इजरायलले भारतमा रहेको इजरायली दूतावास नजिक भएको विस्फोटलाई ‘सम्भावित आतङ्कवादी हमला’ को संज्ञा दिँदै ट्राभल एडभाइजरी निकालेको छ ।
इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी निकालेको हो । बिहीबार नयाँ दिल्लीको चाणक्यपुरीमा रहेको इजरायली दूतावास नजिकै विस्फोट भएको थियो ।
इजरायली दूतावासका प्रवक्ता गाय नीरले दिल्ली पुलिस र सुरक्षा टोलीहरूले विस्फोटको घटनाबारे अनुसन्धान गरिरहेकाे बताए । यस्ता घटना फेरि हुने सम्भावना व्यक्त गर्दै इजरायलले ट्राभल एडभाइजरी निकालेको बीबीसीले जनाएकाे छ ।