काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका- ११ चितिमा चौथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
चिति युवा क्लब तिलाहरको आयोजनामा खुल्ला फुटबल प्रतियोगिता हुन लागेको हो ।
‘युवा एकता नै बल हो, अनुशासन लगनशिलता, ग्रामीण विकासका लागि युवाहरुको आवश्यकता’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको उद्घाटन फागुन १ गते हुनेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद ८० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार नगद ४० हजार ट्रफी, मेडल र प्रमाणत्र रहेको छ ।
यस्तै सर्वाधिक गोलकर्तालाई नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई नगद २ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा टिम दर्ता माघ २७ देखि फागुन १ गते ११ बजेसम्म गर्न सकिने क्लवका मनिस श्रेष्ठले जानकारी दिए । साथमा विविध साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिने छ ।
यसैबीच खेल आयोजना गर्नका लागि क्लबलाई स्वदेश तथा विदेशमा रहेका खेलप्रेमी नेपाली दाजुभाई र स्थानीय आमा समुह लगायत विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् ।