राकेश प्रजापति
काठमाडौं । दायाँ खुट्टाको घुँडा भन्दा तहलको भाग पुरै लत्रिएको छ । तर पनि त्यहि लत्रिएको खुट्टा लिएर साथीसंगीसँग दुर्गुदै उनी खेलिरहेका भेटिन्छन् ।
लमजुङको बेसिशहर नगरपालिका- ११ चिति रामचोक बेसिका ५ वर्षीय बालक युवराज वि.क दुई वर्षदेखि उपचार नपाएर यस्तै अवस्थामा हिँडिरहेका छन् ।
उनको बाबु हरि वि.क गाडीको सहचालकको रुपमा काम गरेपनि अहिले सम्पर्कमा छैनन् भने आमाले दोस्रो विवाह गरेर गइसकेकी छन् ।
युवराजको हजुर बुबा साइला वि.क र हजुर आमा मिठूले पालन पाेषण गर्दै आएका छन् । तर वृद्ध हजुरबुबा हजुरआमाले उपचार खर्च जुटाउन नसक्दा उनको उपचार हुन नसकेको हो । हजुरबुबा साइलाले भने, ‘उपचार खर्च नहुँदा नातिको उपचार गर्न सकेको छैन । सहयोगको खोजीमा छु ।’
लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याएपनि उपचार सम्भव हुने तर काठमाडौं लैजानुपर्ने बताएका बालकका हजुरबुबाले बताए ।
दुई वर्ष अघि लडेर उनको खुट्टा भाँचिएको हजुरआमा मिठुले बताइन् । आर्थिक अवस्था कमजोर भएका उनीहरुले बच्चाको उपचारका लागि सहयोग गरिदिन समेत आग्रह गरेकी छन् ।
बच्चालाई सहयोग गर्न चाहने महानुभावहरुले हाम्रो हेडलाइन डटकमको फोन नम्बर उचारका लागि सहयोग गर्न चाहनुहुने महानुभावहरुले ९८४६७००२९१, ९८२६१७२४३८, ९८४६४०९९९२ वा थम्पु परियारको फोन नम्बर ९८२६१३९७७९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
अर्जुन श्रेष्ठको फोन नम्बर मा सम्पर्क गर्न सक्नुहुनेछ । वा हाम्रो हेडलाइनको सम्पर्क नम्बरमा पनि सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।
भिडियो हेर्नुहोस्