काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नामिबियाविरुद्ध शीर्ष क्रमका ४/५ ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसकेको बताएका छन्।
आइसिसी विश्वकप लिग–२ (२०२४–०२७) को पहिलो खेलमा नामिबियासँग हार पछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले शीर्ष क्रमका ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसकेको बताएका हुन्।
उनले करिब ४५ मिनेट जति आफ्ना ब्याटरले धैर्यता राखेको भए अवस्था फरक हुने उल्लेख गर्दै नामिबियाका बलरको पनि बलिङ तारिफयोग्य रहेको बताए।
नामिबियाका बलरले पिचको कन्डिसनलाई राम्रोसँग प्रयोग गरेकाले सफलता पाएको रोहितको भनाइ छ। कप्तान रोहितले विशेषतः रुबेन ट्रम्पलमेन र डेब्युटेन्ट ज्याक ब्रसेलले राम्रो क्षेत्रमा कन्डिसनअनुसार बलिङ गरेको सुनाए।