एजेन्सी । चीनले मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा पहिलो पटक अवतरण गरेको जनाएको छ । यसअघि चन्द्रमाको उक्त क्षेत्रमा जान कसैले पनि जान प्रयास गरेका थिएनन् ।
चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेइजिङको समय अनुसार बिहान ६:२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।’
मे ३ बाट चीनले सुरु गरेको यो अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउनु हो। चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू संकलन गर्न कामयाव यो सफलता ऐतिहासिक रहेको टिप्पणी भइरहेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र बनेको हो ।