काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वअध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको स्मरणमा स्मृति सभा आयोजना गरेका छन्।
मंगलबार फुटबल खेलको विकास र विस्तारमा समर्पित श्रेष्ठको सम्झनामा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्मृति सभा आयोजना गरेको हो।
श्रेष्ठले नेपाली फुटबललाई व्यावसायिकतातर्फ डोहोरÞ्याउनको लागि अग्रणी भूमिका निर्वाह गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले बताए।
यसको साथै, उनले एन्फाका नेतृत्वहरु र सरोकारवालाहरु सबैलाई नेपाली फुटबलको विकास गर्ने हो भने फुटेर होइन जुटेर अगाडि बढेमात्र ललितकृष्णप्रतिको श्रद्धा हुने बताए।