एजेन्सी । न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज ट्वान्टी-२० विश्वकप क्रिकेटको सुपर-एट चरणमा प्रवेश गरेको छ । बिहीबार ट्रिनिडाडको ब्रायन लारा रंगशालामा भएको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डले १३ रनले हराएको हो ।
वेस्ट इन्डिजले खेलेका ३ वटै खेल जित्दै समूह ‘सी’ को शीर्ष स्थानमा समेत रहेको छ । अंकतालिकाको पुछारमा रहेको न्युजिल्यान्ड भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । न्युजिल्यान्ड अर्को चरणमा प्रवेश गर्नका लागि युगान्डाले अफगानिस्तानलाई हराउनुपर्नेछ । बाँकी खेल त न्युजिल्यान्डले जित्नै पर्नेछ ।
वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रनमा समेटिएको हो ।