काठमाडौं । बंगादेशसँगको हारपछि नेपाली टिमको कप्तान रोहित पौडेलले प्रतियोगिताभर बलिङमा राम्रो प्रदर्शन गरेको बताउँदै ब्याटिङमा भने आफूहरु चुकेको बताएका छन् ।
नेपालले प्रतियोगितामा तीन खेल खेल्यो। ब्याटिङमा १२० रन पनि कटाउन सकेन। नेदरल्यान्ड्सविरुद्ध १०६ रनमा अलआउट भएको नेपालल दक्षिण अफ्रिकासँग ११४ र बंगलादेशसँग ८५ रनमा समेटिएको थियो।
‘आज पनि हामीले राम्रो बलिङ ग¥यौं, बंगलादेशलाई १०६ रनमै रोक्यौं । तर, ब्याटिङ निकै खराब रह्यो। पावर प्लेमै ४–५ विकेट गुमाउँदा ब्याटिङ टिमलाई प्रेस हुन्छ, लोअर मिडअर्डरलाई दबाब भयो। अपअर्डरले जिम्मेवारी लिन सक्नुपथ्र्यो,’ पोस्ट म्याच कन्फ्रेन्समा कप्तान रोहितले भने।
पावर प्लेमा राम्रो गर्न सकेको भए नतिजा फरक उनले उनने बताए। रोहितले बंगलादेशी बलरले पनि उत्कृष्ट बलिङ गरेको बताए। उनले पावर प्लेमा तन्जिम सकिबको बलिङको प्रसंशा गरे।
रोहितले प्रतियोगता सपोर्टका लागि समर्थकलाई धन्यावाद दिए। ‘हामी प्रतियोगिता भर राम्रो सथर्मन पायौं, तर उहाँहरुलाई खुसी दिन सकेनौं । कप्तानमा रुपमा निकै दुख लागेको छ । सपोर्टका लागि सबैलाई धन्दावाद। आगामी दिनमा खुसी दिने कोसिस गर्छौं,’ रोहितले भने।