एजेन्सी । भारतका उत्तरी राज्यहरूमा तातो लहर जारी छ। आईएमडीले उत्तर प्रदेश, हरियाणा, दिल्ली, चंडीगढ़, जम्मू, हिमाचल प्रदेश, पञ्जाब, राजस्थान, बिहार र झारखण्डमा तातो लहरको चेतावनी जारी गरेको छ।
सोमबार लगातार दोस्रो दिन प्रयागराज देशकै सबैभन्दा तातो सहर बनेको थियो । यहाँको तापक्रम ४७ डिग्रीभन्दा माथि रेकर्ड गरिएको हो । उत्तर प्रदेशमा गर्मीका कारण २४ घण्टामा ९० जनाको मृत्यु भएको छ । तर, प्रशासनले यसलाई मान्ने गरेको छैन ।
उता, बिहारमा सोमबार गर्मीका कारण १७ जनाको मृत्यु भएको छ । तर, यसको पनि आधिकारिक पुष्टि भएको छैन ।
सोमबार औरंगाबादको तापक्रम ४६.९ डिग्रीमा रेकर्ड गरिएको थियो। छत्तीसगढमा गर्मीलाई ध्यानमा राख्दै गर्मी बिदा २५ जुनसम्म लम्ब्याइएको छ । गर्मी बिदा पछि पनि ओडिशामा विद्यालयहरू खुलिरहेका छैनन्।
दैनिक भास्कर