काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेर नेपाली क्रिकेट टिम आज स्वदेश फर्किएको छ ।
अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले समूह चरणका चार खेल खेलेको थियो । जसमा नेपाल तीन खेलमा पराजित भयो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । नेपाल जितविहीन हुँदै सुपर-८ मा पुग्न असफल भएको थियो ।
क्रिकेट टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो । एउटा समूह राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो भने अर्को समूह बिहीबार बिहान १० बजे अवतरण गरेको हो ।
स्वदेश फर्किएको नेपाली टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
नेपाली क्रिकेट टिम काठमाडौं आएपनि क्रिकेटर सन्दीप लामिछाने भने आएका छैनन् । अमेरिकाले भिसा नदिएपछि उनी वेस्ट इन्डिजमा भएका समूह चरणका खेलका लागि क्यानडा हुँदै वेस्ट इन्डिज पुगेका थिए ।