काठमाडौं । मलेसियाको थुनुवा केन्द्र (डिपोर्टटेशन सेन्टर)मा राखिएका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेवर एण्ड मोबिलिटी (सेस्लाम)ले गरेको अध्ययन प्रतिवेदन आइतबार सार्वजनिक भएको छ ।
प्रतिवेदनले डिपोर्टटेसन सेन्टरको अनुगमन र स्थानीय अधिकारीहरुसँग समन्वय बढाउन मलेसियास्थित नेपाली दूतावासलाई सुझाव दिइएको छ ।
पिएनसीसी र सेस्लामले मलेसियाको डिपोर्टटेसन सेन्टरमा बसी नेपाल फर्केका ७ सय ५८ जना नेपाली श्रमिकहरुको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।
‘नेपाली दूतावासले कारागार र थुनुवा केन्द्रमा नेपाली श्रमिकको अनुगमन र नियन्त्रण गर्न स्थानीय निकायसाग समन्वय गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनले जेल र डिपोर्टटेसन सेन्टरमा रहेका नेपालीले समयमा कानुनी प्रतिरक्षा समेत नपाएको देखिएको उल्लेख गरेको छ