काठमाडौं । इरानविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मङ्गलवार नेपालले खेल २५–२१, २८–२६, २५–२० ले आफ्नो पक्षमा पर्यो ।
नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेका थिए । लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । अब नेपालले उपाधिका लागि भारतसँग खेल्नेछ । यसअघि पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएर भारतले फाइनल यात्रा तय गरेको थियो ।