काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ। आईसीसी विश्वकप लिग–२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो।
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ। उक्त टोलीमा सन्दीप पनि छन्।
क्यानडामा लिग–२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। केही महिनाअघि टी–२० विश्वकपका लागि सन्दीपलाई भिसा नदिएको अमेरिकाले यसपटक भने दिएको हो।